वैदेशिक रोजगारपीडित पत्नीको प्रश्न– मेरो श्रीमान कसले खोजीदिन्छ ? | Khabarhub Khabarhub

वैदेशिक रोजगारपीडित पत्नीको प्रश्न– मेरो श्रीमान कसले खोजीदिन्छ ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० वर्षअघि वैदेशिक रोजगारीमा मलेसिया गएका सिन्धुलीका शहकुल राई २ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । २ वर्ष अघिसम्म श्रीमतीसँग नियमित फोन गरिरहने राई एक्कासी ‘हराए’ ।

शहकुल सम्पर्कमा नआएपछि उनकी श्रीमती सविता राई अहिले श्रीमानको खोजीका लागि भन्दै विभिन्न संघसंस्थामा धाइरहेकी छिन् ।

दुई वर्षदेखि हराएका श्रीमानको खोजीका लागि हालै मात्र प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा निवेदन दिएको सविताले सुनाइन् ।

‘२ वर्षअघिसम्म श्रीमानसँग सम्पर्क थियो । अन्तिममा एक पटक भिडियो कलमा कुरा भएको थियो । त्यसपछि सम्पर्क नै हरायो । मलेसियामा रहेका चिनजानका सबैसँग श्रीमानका बारेमा सोधी खोजी गरे कसैले भेटेको भन्दैनन्,’ सविताले सुनाइन्, ‘श्रीमान नहुँदा परिवारको बिचल्ली भएकाे छ, साथमा भएका छोराछोरी कसरी हुर्काउनु ? आफ्नो कमाई छैन । मेरो त बिजोक भयो । श्रीमान कसले खोजी दिन्छ ?’

सविताको निवेदनपछि प्रवासी नेपाली समन्वय समितिले शहकुलको खोजी शुरु पनि गर्‍यो । तर, शहकुल भने अर्कै (विदेशी) युवतीसँग विवाह गरेर बसेका पाइएको छ ।

साथमा १२ वर्षीया छोरी ल्याएर काठमाडौं आएकी सविता भने श्रीमान शहकुललाई जसरी पनि नेपाल झिकाइदिन हारगुहार गरिरहेकी छन् ।

गोरखा घर भइ वैदेशिक रोजगारीका लागि साउदी रहेका गणेश गुरुङ पनि ६ महिनादेखि परिवारको सम्पर्कमा छैनन् । ६ वर्ष अगाडि लक्की सोलुशन प्रालिबाट साउदीको मोहरा एचआर कम्पनीमा रोजगारीका लागि गएका गणेश सडक दुर्घटनामा परेको अपुष्ट खबर पत्नी मञ्जु गुरुङले पाएकी थिइन् ।

श्रीमान सडक दुर्घटनामा परेको खबर पाएदेखि मञ्जु विभिन्न निकायमा धाइरहेकी छन्– गणेशको अवस्थाबारे जानकारी लिन । तर, कुनै पनि निकायबाट उनले आफ्ना पतिको वास्तविक अवस्थाबारे जानकारी पाउन सकेकी छैनन् ।

‘श्रीमान् सडक दुर्घटनामा परेको खबर आयो । केहीले उहाँको निधन भइसकेको पनि सुनाए । उहाँसँगै काम गर्ने उहाँका साथीहरुसँग कतिपटक सोधे तर, कसैले केही भन्दैन्,’ श्रीमानको खोजीमा काठमाडौं आइपुगेकी मञ्जुले सुनाइन्, ‘अब मैले मेरो श्रीमान् कहाँ गएर खोज्ने ?’

पीएनसीसीले आप्रवासी दिवसको अवसरमा हराएका श्रमिकसम्बन्धी गरेको कार्यक्रममा सविता र मञ्जुले यस्तो दुखसो पोखेका थिए । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका पुरुष हराउन गर्ने क्रम बढ्दै गएपछि न्याय खोज्न विभिन्न संघसस्था धाउने महिलाको संख्या पनि बढेको (पीएनसीसी)ले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा ३ सय ८८ जना कामदारको परिवारले खोजी गरिदिन भन्दै आवेदन दिएका पीएनसीसीले जनाएको छ । यसरी हराउनमा पुरुष धेरै रहेका छन् ।

मलेसियामा गएका धेरै पुरुष हराउने गरेको पीएनसीसीले जानकारी दिएको छ । सवैभन्दा धेरै नवलपरासीबाट हराएको उजुरी आएको पीएनसीसीले जनाएको छ । पीएनसीसीले ५ वर्षको अवधिमा ५ हजार निवेदन वैदेशिक रोजगारसम्बन्धी आएको जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : ५८ बजे

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल