जडिबुटी खोज्न जाँदा बेपत्ता भएका व्यक्ति सकुशल घर फिर्ता « Khabarhub

जडिबुटी खोज्न जाँदा बेपत्ता भएका व्यक्ति सकुशल घर फिर्ता


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जडिबुटी संकलनका लागि जंगल गएका बेला हिउँ परेर बेपत्ता भएका १३ जना व्यक्ति सकुशल घर फर्किएका छन् ।

बिहीबार राति जंगलतर्फ गएका जुम्लाको तिला गाउँपालिका–९ शेरा फूलबारीका १३ जना सकुशल घर फर्किएका हुन् ।

जडिबुटी संकलनका लागि १४ जना जंगल गएकोमा १ जना वीनबहादुर बोहोराको भने हिमपातमा परेर मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

हिमपातमा परेर हराएका १३ जना मृतक बोहोराको शव समेत ल्याएर आइतबार राति ११ बजेतिर घर पुगेका खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रशासकीय अधिकृत देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसअघि प्रशासनले भने जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता भएको जनाउँदै आएको थियो ।

बेपत्ता भएका व्यक्तिका खोजीका लागि सोमबार हेलिकोप्टर समेत मगाइएको थियो । जिल्ला प्रशासन कार्यालयल जुम्लाले बेपत्ता व्यक्तिको खोजीका लागि हेलिकोप्टर परिचालन गर्नुपर्ने भन्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

गृह मन्त्रालयले हेलिकोप्टरमार्फत बेपत्ता व्यक्तिको उद्दार गर्न भन्दै रक्षा मन्त्रालयमार्फत सेनालाई पत्राचार गरेको थियो । गृह मन्त्रालयको पत्राचार पछि नेपाली सेनाको सुर्खेतस्थित हवाई बेसबाट हेलिकोप्टर उडाउने तयारी पनि भएको थियो ।

तर, मौसममा आएको खराबीका कारण सोमबार हेलिकोप्टर उड्न सकेन । अपराह्न पछि हेलिकोप्टर उडाउने तयारी भइरहँदा बेपत्ता भएका व्यक्ति सम्पर्कमा आइसकेको जानकारी प्राप्त भएको नेपाली सेनाको सुर्खेतस्थित हवाई बेसका एक अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : १८ बजे

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट