जडिबुटी खोज्न जाँदा बेपत्ता भएका व्यक्ति सकुशल घर फिर्ता « Khabarhub

जडिबुटी खोज्न जाँदा बेपत्ता भएका व्यक्ति सकुशल घर फिर्ता


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जडिबुटी संकलनका लागि जंगल गएका बेला हिउँ परेर बेपत्ता भएका १३ जना व्यक्ति सकुशल घर फर्किएका छन् ।

बिहीबार राति जंगलतर्फ गएका जुम्लाको तिला गाउँपालिका–९ शेरा फूलबारीका १३ जना सकुशल घर फर्किएका हुन् ।

जडिबुटी संकलनका लागि १४ जना जंगल गएकोमा १ जना वीनबहादुर बोहोराको भने हिमपातमा परेर मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

हिमपातमा परेर हराएका १३ जना मृतक बोहोराको शव समेत ल्याएर आइतबार राति ११ बजेतिर घर पुगेका खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रशासकीय अधिकृत देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसअघि प्रशासनले भने जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता भएको जनाउँदै आएको थियो ।

बेपत्ता भएका व्यक्तिका खोजीका लागि सोमबार हेलिकोप्टर समेत मगाइएको थियो । जिल्ला प्रशासन कार्यालयल जुम्लाले बेपत्ता व्यक्तिको खोजीका लागि हेलिकोप्टर परिचालन गर्नुपर्ने भन्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

गृह मन्त्रालयले हेलिकोप्टरमार्फत बेपत्ता व्यक्तिको उद्दार गर्न भन्दै रक्षा मन्त्रालयमार्फत सेनालाई पत्राचार गरेको थियो । गृह मन्त्रालयको पत्राचार पछि नेपाली सेनाको सुर्खेतस्थित हवाई बेसबाट हेलिकोप्टर उडाउने तयारी पनि भएको थियो ।

तर, मौसममा आएको खराबीका कारण सोमबार हेलिकोप्टर उड्न सकेन । अपराह्न पछि हेलिकोप्टर उडाउने तयारी भइरहँदा बेपत्ता भएका व्यक्ति सम्पर्कमा आइसकेको जानकारी प्राप्त भएको नेपाली सेनाको सुर्खेतस्थित हवाई बेसका एक अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : १८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ