दुर्घटना न्यूनीकरणको उपाय अपनाउन मुख्यमन्त्री पौडेलको निर्देशन | Khabarhub Khabarhub

दुर्घटना न्यूनीकरणको उपाय अपनाउन मुख्यमन्त्री पौडेलको निर्देशन


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र दिनहुँजसो भइरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थाल्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पौडेलले आज सरोकारवालाको विशेष बैठक बोलाएर सवारी दुर्घटनामा परी दिनहुँ मान्छे मारिँदा र घाइते भइरहँदा सरकार चुप लागेर बस्न नसक्ने भन्दै तत्काल रोकथामका उपाय अपनाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था कार्यालय तथा ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालय समेतको तालमेलमा विशेष पहल गरिनुपर्ने बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले प्रदेश ३ को राजधानी हेटौँडा र अन्य जिल्लामा बढिरहेको दुर्घटना कम गर्न विशेष कार्यदल गठन गरेर रायसुझाव लिइने बताए ।

प्रदेश–३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पुरानो गाडी नियन्त्रण गरेर तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्न नदिएर दुर्घटनालाई कम गर्न प्रहरी लागिपरेको बताए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख जीतेन्द्रकुमार बस्नेतले सडकको खराबी, सवारी चाप तथा लामो दूरीमा सवारी चालक परिवर्तन गरिनुपर्ने नियमको पूर्णरुपमा कार्यान्वयन गराउन नसकिँदा दुर्घटनाका घटनामा वृद्धि भएको उल्लेख गरे ।

यसैबीच, सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाप्रति प्रदेश– ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले दुःख व्यक्त गरेका छन् ।

शोक सन्देश जारी गर्दै मन्त्री नेपालले दुर्घटनामा परी १५ जनाको ज्यान गएको घटनाले आफू स्तब्ध र मर्माहित भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवार तथा आफन्तमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : १८ बजे

लेबनान र इजरायलमा रहेका नेपालीले आफ्नो अवस्था अपडेट गर्नू : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका

पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान

माले– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आइतबार प्रथम महिला साजिदा मोहम्मदसँग

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरू संवेदनशील हुन आवश्यक छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको 

सर्लाहीमा बाढी : मृतकका परिवारलाई जनही दुई लाख सहयोग

बरहथवा– बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका

व्यापारीको गुनासो : सोचे जस्तो छैन व्यापार

काठमाडौं– ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका