खुट्टा गन्हाउने समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी ८ उपाय | Khabarhub Khabarhub

खुट्टा गन्हाउने समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी ८ उपाय


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । यस्तो समस्यालाई साधारण ठानेर मतलब नराख्दा समाजमा लज्जित हुने अवस्था समेत सिर्जना हुन्छ ।

खासमा खुट्टा गन्हाउने समस्या फन्गसका कारणले हुने गर्दछ । खुट्टा तातो भएर पसिना आउदा फन्गस उत्पन्न हुन्छ र खुट्टा गन्हाउन थाल्दछ । यस्तोमा निम्न उपाय अपनाएर यस समस्याबाट राहत पाउन सकिन्छ ।

१. खुट्टा गन्हाउने समस्या भए जुत्ता, मोजा लगाउन बन्द गरी खुट्टालाई खुल्ला राख्नुपर्छ ।
२. मनतातो पानीमा नुन हालेर १० मिनेटसम्म खुट्टालाई डुबाएर राखेमा गन्हाउने समस्या हट्छ ।
३. एक चम्चा खाने सोडालाई तातो पानी मिसाएर मलम बनाई औंलाको कापमा लगाई केहीबेर राखेर सफासंग खुट्टा धोएमा पनि खुट्टा गन्हाउने समस्या हटेर जान्छ ।
४. नुहाउदाँ खुट्टालाई राम्रोसंग भिजाएर ब्रसले खुट्टा सफासंग धोई सुख्खा राखेमा पनि खुट्टा गन्हाउने समस्याबाट मुक्ति मिल्छ ।
५. खुट्टा गन्हाउने मानिसले छालाको जुत्ता लगाउनु हुँदैन । सकेसम्म कपडाको छोटो जुत्ता लगाउनुपर्छ ।
६. जुत्ता लगाउने गर्नु भएको छ भने जुत्ता खोलेपछि त्यसलाई सुकाउने वा हावा आउने स्थानमा राख्नुहोला ।
७. मोजा लगाउने गर्नुभएको छ भने नियमित मोजा धुने बानी बसाल्नुपर्छ ।
८. खुट्टा गन्हाउने समस्या भएका मानिसले सकेसम्म चप्पलको प्रयोग गर्नु नै उत्तम हुन्छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : २७ बजे

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौं– जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि

मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी

सजाइयो शक्ति पीठहरू (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको महान् चाड बडा दशैँको आगमनसँगै शक्ति पीठहरू झिलिमिली

सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ

काठमाडौँ- जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन्