गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी कार्यदलले अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विमानस्थल सञ्चालन पूर्व गर्नुपर्ने तयारी र अभ्यासलाई मध्यनजर गरी कार्यदलले नेपालमा उडान भर्ने वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग रायसुझाव लिइएको कार्यदलका संयोजक प्रतापबाबु तिवारीले राससलाई जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । छिट्टै थप तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्ने तयारी गरेका छन् ।

नयाँ विमानस्थल सञ्चालन आउनुअघि एयरलाइन्सका प्रतिनिधिसँगको व्यावसायिक अभ्यासलाई मध्यनजर गरी उनीहरुको सुझाव महत्वपूर्ण हुने भएकाले छलफल गरिएको संयोजक तिवारीले बताए ।

सो अवसरमा प्राधिकरणकोतर्फबाट विमानस्थलको भौतिक काम सकेर उपकरण जडानको अवधिभित्र सबै तयारी गरेर उडानयोग्य बनाउन एयरलाइन्सलाई आग्रह गरेको थियो । विमानस्थलले उपलब्ध गराउने सुविधामा कुनै कमी आउन नदिने, विमानस्थलको सबै सेवालाई सुरक्षित, व्यवस्थित र चुस्त बनाउन प्राधिकरणले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको थियो ।

जवाफमा एयरलाइन्सले विमानस्थल कहिले सञ्चालनमा आउने र के कस्ता आकर्षक सहुलियत प्याकेज हुन्छन् त्यसबारे प्राधिकरणसँग धारणा मागेका थिए । अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरुप वर्षमा दुई पटक मार्च र अक्टोबर महिनामा विमानस्थलको उडान तालिका बनाइन्छ । सोही तालिकालाई ‘मिट’ गर्नेगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ । त्यो भनेको सन् २०२० को मार्च महिना हो । यो विमानस्थल मार्च महिनाभित्रै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

हाल विमानस्थलको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले केही दिनअघि रासससँगको कुराकानीमा गौतमबुद्ध विमानस्थल पूर्वनिर्धारित समयअनुरुपनै सञ्चालनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका थिए ।

एयरलाइन्सका प्रतिनिधिले विमानस्थल सञ्चालनपूर्व चारदेखि छ महिनाअघिनै पूर्व तयारी चाहिने बताएका थिए । उनीहरुले सेवा सञ्चालनका लागि आकर्षक प्याकेज कस्ता छन् भूमिस्त सेवा, क्याटरिङ, लाउन्जस्तरीय हुन्छन् की हुदैनन् जस्ता प्रश्न उठाएका थिए । हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो समस्या दोहोरिन नहुने पनि उनीहरुले सुझाएका थिए । प्राधिकरणले विमानस्थलको कुनै पनि सेवामा सम्झौता नगर्ने सुरक्षालगायतलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : ३७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा