महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यकः मन्त्री थापा « Khabarhub

महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यकः मन्त्री थापा


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै अधिकार व्यवहारमा कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवश्यक भएको बताएकी छिन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले १०९ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले अझै पनि महिलामाथि अमानवीय व्यवहार हुने गरेको र सामाजिक कूरितीको शिकार हुनुपरेको बताउँदै यसको अन्त्यका लागि सामाजिक रुपान्तरण आवश्यक रहेकोमा जोड दिइन् ।

उनले मुलुकमा प्रजातान्त्रिक आन्दोलनसँग महिलाका अधिकार स्थापित हुदै गएको र संविधानसभाबाट जारी नेपालको संविधानले महिलाका धेरै अधिकार उल्लेख गरेको बताउँदै ती अधिकार कार्यान्वयनका लागि सरकार कानून निर्माणमा जुटेको धारणा व्यक्त गरिन् ।

मन्त्री थापाले सरकारले सङ्कल्प गरेको सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल बनाउन आधा प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको महिलाको समृद्धि आवश्यक रहेकोे बताइन् ।

महासङ्घकी अध्यक्ष भारती पाठकको सभातित्वमा कार्यक्रम सम्पन्न भयो यसअघि सामुदायिक वनकर्मीले विभिन्न नारा लेखिएका प्लेकार्डसहितको र्‍याली निकालेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : ४१ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ