नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज « Khabarhub

नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो ।

नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन् ।

त्यस्तै, देउमाई नगरपालिकाका इञ्चार्जमा शान्ता बस्नेत, सहइन्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा बुद्धि खनाल र दीपक सिन्चुरी रहेको नेकपाले जनाएको छ ।

यसैगरी गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इन्चार्जमा ओमनारायण खनाल, सहइन्चार्ज विन्दु विश्वकर्मा र न्युसन राई, माङ्सेबुङ गाउँपालिकाका इन्चार्जमा किरणकुमार राई, सहइन्चार्जमा तारा पौडेल रहेका छन् ।

फाकफोकथुम गाउँपालिकाका इन्चार्जमा राजकुमार थापा, सहइन्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाका इञ्चार्जमा उमेश गुरुङ, सहइन्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन गरिएको नेकपाका कार्यालय सचिव नवराज शङ्करले जानकारी दिए ।

माईजोगमाई गाउँपालिकाकाा इन्चार्जमा कुवीरमान राई, सहइन्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल, रोङ गाउँपालिकाका इन्चार्जमा चित्रकला बराइली, सहइन्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ५० बजे

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै