नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज | Khabarhub Khabarhub

नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो ।

नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन् ।

त्यस्तै, देउमाई नगरपालिकाका इञ्चार्जमा शान्ता बस्नेत, सहइन्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा बुद्धि खनाल र दीपक सिन्चुरी रहेको नेकपाले जनाएको छ ।

यसैगरी गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इन्चार्जमा ओमनारायण खनाल, सहइन्चार्ज विन्दु विश्वकर्मा र न्युसन राई, माङ्सेबुङ गाउँपालिकाका इन्चार्जमा किरणकुमार राई, सहइन्चार्जमा तारा पौडेल रहेका छन् ।

फाकफोकथुम गाउँपालिकाका इन्चार्जमा राजकुमार थापा, सहइन्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाका इञ्चार्जमा उमेश गुरुङ, सहइन्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन गरिएको नेकपाका कार्यालय सचिव नवराज शङ्करले जानकारी दिए ।

माईजोगमाई गाउँपालिकाकाा इन्चार्जमा कुवीरमान राई, सहइन्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल, रोङ गाउँपालिकाका इन्चार्जमा चित्रकला बराइली, सहइन्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ५० बजे

सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक

गलकोट– गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको

पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन

काठमाडौं– चीनतर्फको मुस्ताङ नाकाबाट पछिल्लो पाँच दिनमा ३४ करोड बढी

विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या 

काठमाडौं– आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१

सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा