उन्नाव बलात्कार प्रकरण– भाजपा नेता सेङ्गर दोषी ठहर « Khabarhub

उन्नाव बलात्कार प्रकरण– भाजपा नेता सेङ्गर दोषी ठहर


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– एक किशोरीमाथि बलात्कार गरेको आरोपमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता दोषी ठहर भएका छन् ।

भाजपाबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित भएका कुलदीप सिंह सेङ्गर बलात्कार अभियोगमा दोषी ठहर भएका हुन् ।

सन् २०१७ मा एउटा १७ वर्षीया किशोरीमाथि सेङ्गरले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।

किशोरीले गत सन् २०१८ मा नै प्रहरीमा सेङ्गरविरुद्ध उजुरी दिएपनि प्रहरीले मुद्दा चलाउन मानेको थिएन ।

प्रहरीले मुद्दा चलाउन नमानेपछि पीडित किशोरीले आत्मदाह गर्न खोजेकी थिइन् ।

अन्नतः दिल्लीस्थित तीस हजारी कोर्टले भाजपाका नेता सेङ्गरलाई अपहरण र बलात्कारको मुद्दा दोषी ठहर गरेको छ । अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

भारतको सर्वोच्च अदालतको आदेशानुसार उक्त मुद्दा भारतको लखनउस्थित अदालतबाट दिल्ली अदालतमा सारिएको थियो ।

‘उन्नाव बलात्कार प्रकरण’ चर्चित उक्त मुद्दामा प्रहरीले भाजपा नेतालाई जोगाउन खोजेको भन्दै भारतमा त्यसको व्यापक विरोध भएको थियो ।

भाजपा नेता सेङ्गरले पीडित किशोरीलाई जागिर दिने प्रलोभन देखाएर अपहरण गरी बलात्कार गरेका थिए ।

सेङ्गरमाथि बलात्कारको आरोप लागेपछि पीडित किशोरीलाई मार्ने षड्यन्त्र भएको विषय पनि चर्चामा आयो ।

पीडित किशोरी गत जुलाई महिनामा एउटा शंकास्पद सडक दुर्घटनामा परेकी थिइन् । उक्त दुर्घटनामा पीडित किशोरीका २ जना नातेदारको मृत्यु भएको थियो भने उनका वकिल पनि घाइते भएका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १२ : ०८ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ