पीपीएल: बाबर हायतको उत्कृष्ट ब्याटिङमा चितवन विजयी « Khabarhub

पीपीएल: बाबर हायतको उत्कृष्ट ब्याटिङमा चितवन विजयी


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनमाथि ६ विकेटको जीत हात पारेको छ ।

पोखराले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा चितवनको जीतमा बाबर हायातले उत्कृष्ट ब्याटिङ गरे । उनले ४२ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतमा ६६ रन बनाए ।

यस्तै, चितवनका लागि सन्नी पटेलले २२ र रोहन मुस्तफाले ११ रन बनाएका थिए । चितवनविरुद्ध पोखराका बलर राशिद खान र सर्वजित लद्दाले समान २-२ विकेट लिए ।

यसअघि पोखराले निर्धारित २० ओभर पुरा खेल्दै सबै विकेट गुमाएर १ सय ७ रन मात्रै बनाउन सकेको थियो । पोखराका लागि कप्तान शरद भेषावकरले ४५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् ।

यसैगरी पोखराका लागि कुसल मल्ल १३, राशिद खान, आरिफ शेख र रविइन्दर सिंहले समान १०–१० रनको योगदान गरेका थिए ।

पोखराविरुद्ध चितवनका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै पोखरालाई कम योगफलमा रोके । जसमा रोहन मुस्तफा, भुवन कार्की र सन्नी पटेलले समान २–२ विकेट लिए भने करण केसी, विक्रम शोव र पारस खड्काले समान १–१ विकेट लिएका थिए ।

पोखरामाथि जित हात पारेको चितवन राइनोजले १ खेलबाट २ अंक जोडेको छ भने पराजित भएको पोखराको २ खेलमा २ अंक रहेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ४ : ०४ बजे

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका