सरस्वतीलाई हराउँदै 'एनआरटी'को विजयी शुरुवात | Khabarhub Khabarhub

सरस्वतीलाई हराउँदै ‘एनआरटी’को विजयी शुरुवात


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले विजयी  शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सरस्वती युथ क्लबमाथि ४–० गोलको फराकिलो जित हात पार्दै एनआरटीले सुखद शुरुवात गरेको हो ।

एनआरटीको जितमा सरोज तामाङले दुई गोल, जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले समान एक–एक गोल गरे ।

जुनियर ओन्गुएने निकेन्ग्युले खेलको ४० औं मिनेटमा र तामाङले खेलका ६९ औं मिनेट र ८१ औं मिनेटमा गोल गरेका थिए भने जोर्डनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई ४–० गोल अन्तरको जित हात पारे ।

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यले नेतृत्व गरेको एनआरटीले सरस्वतीलाई पराजित गर्दै नयाँ यात्रा सुरु गरेको छ । अघिल्लो सिजनमा एनआरटी लिगको अन्तिममा रहेको थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ३३ बजे

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण