पाँच महिनामा २७.७७ प्रतिशत मात्र राजस्व संकलन « Khabarhub

पाँच महिनामा २७.७७ प्रतिशत मात्र राजस्व संकलन


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिका वर्षको पाँच महिनामा २७.७७ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

महालेखा परीक्षकको कार्यलयका अनुसार पहिलो आर्थिक वर्षको मंसिर मसान्तसम्म ३ खर्ब १७ अर्ब ९४ करोड राजस्व संकलन भएको हाे ।

सरकारले चालु आर्थिक बर्षका लागि ११ खर्ब १२ अर्ब ३ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब २ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो ।

तथ्याङ्क हेर्दा सरकारको लक्ष्यभन्दा ८५ अर्ब कम राजस्व संकलन गरेको देखिएको छ । यो समयमा सरकारले करमार्फत २ खर्ब ८५ अर्ब राजस्व संकलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २८.६० प्रतिशत हो ।

गैरकर राजस्व भने १९.५९ प्रतिशत अर्थात १९ अर्ब राजस्व संकलन गरेको छ । सरकारले आर्थिक वर्षको पहिलो पाँच महिनामा जम्मा विनियोजित बजेटको १७.९६ प्रतिशत मात्रै खर्च गरेको छ ।

महालेखा नियन्त्रकको कार्यलयका अनुसार सरकारले मंसिर मसान्तसम्म जम्मा २ खर्ब ९६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको हो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : २७ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने