अपांग बालबालिकाहरुका लागि निशुल्क घुम्ती शिविर सञ्चालन | Khabarhub Khabarhub

अपांग बालबालिकाहरुका लागि निशुल्क घुम्ती शिविर सञ्चालन


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको कुशे गाउँपालिकामा अपांग बालबालिकाहरुको सहयोगका लागि निशुल्क घुम्ती शिविर सञ्चालन गरिएको छ ।

गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक परिचालनमा घुम्ती शिविर सञ्चालन गरिएको हो ।

शारिरिक रुपले अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परीक्षण, अपाङ्ग पहिचान तथा परिचयपत्र वितरण गर्न निशुल्क घुम्ती शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

गाउँपालिकाको घरंगा र टापुचौरमा संचालन गरिएको निशुल्क घुम्ती शिवीरमा १८ बर्ष मुनिका २ सय ४८ जना अपाङ्ग बालबालिकाहरुको सहभागिता रहेको थियो ।

शिवीरमा १ सय ३९ जना बालक र १ सय ९ जना बालिकाहरुले भाग लिएका थिए । शिवीरबाट ‘क’ बर्गको अपाङ्गता परिचयपत्र लिनमा १ जना, ‘ख’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १४, ‘ग’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १६ जना र ‘घ’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा २२ जना गरि जम्मा ५३ जनाले अपाङ्गता परिचयपत्र पाएका छ्न भने, ८ जनाले सहायक सामाग्री पाएका छ्न ।

सहायक सामाग्रीको लागि नेपाल समाज कल्याण संघले सहयोग गरेको छ भने, ५८ जनालाई बाहिर रिफर गरिएको गाउँपालिकाले जनाएको छ ।

मंसिर २९ गते घरंगा र ३० गते टापुचौरमा संचालन गरिएको निशुल्क घुम्ती शिवीरको विधिवत उद्घाटन गाउँपालिकाका अध्यक्ष बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ३२ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पेट्रोल सस्तियो, डिजल र मट्टितेल महँगियो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ।

गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना

काठमाडौं – मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले गाजाको भ्रमण

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा

यसरी बनाउनुहोस् घरमै गुलाब जल

काठमाडौं– गुलाब जल प्रायः छालाको हेरचाहमा समावेश हुन्छ। गुलाबजलले अनुहारलाई