दक्षिण कोरियामा एकीकरणमन्त्री फेरबदल « Khabarhub

दक्षिण कोरियामा एकीकरणमन्त्री फेरबदल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्तामा प्रगति नभएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले आफ्नो मुलुकका एकीकरणमन्त्री फेरेका छन् ।
राष्ट्रपति मुनले वर्तमान एकीकरणमन्त्री चो म्युङ ग्योनलाई हटाएर उनको स्थानमा किम योन चुललाई एकीकरणमन्त्रीको जिम्मा दिन लागेका हुन् । नयाँ एकीकरण मन्त्रीले कार्यभार सम्हाल्नुअघि संसद्मा उनको सुनुवाई हुनुपर्ने प्रावधान रहेको जनाइएको छ ।
उत्तर कोरियासँग सम्बन्धको विषय हेर्ने एकीकरण मन्त्रालयले अघिल्लो वर्ष उत्तर कोरिया र अमेरिकाबीच शिखर वार्ता गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
नयाँ एकीकरणमन्त्री दक्षिण कोरियाली सरकारद्वारा सञ्चालित कोरिया इन्सटिच्युट फर नेशनल युनिफिकेशनका प्रमुख पनि हुन् ।
नयाँ एकीकरणमन्त्रीले राष्ट्रपति मुन जाए इनको ‘नयाँ कोरियाली प्रायद्विप’ को लक्ष्यलाई साकार पार्न लागिपर्ने दक्षिण कोरियाली सरकारका प्रवक्ताले जनाएका छन् ।
पछिल्लो समय उत्तर कोरियाली सर्वोच्च नेता तथा अमेरिकी राष्ट्रपतिबीच शिखर वार्ता गराउन मध्यस्थकर्ताको महत्वपूर्ण भूमिका खेलेको दक्षिण कोरियाली एकीकरणमन्त्रालयले शिखर वार्तामा दुबै मुलुकबीच सहमति बनाउनका लागि असफल भएको भन्ने टिप्पणी भइरहेका बेला दक्षिण कोरियामा एकीकरणमन्त्री परिवर्तन भएका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ९ : ०४ बजे

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका