घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ « Khabarhub

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घुस लिएको पाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको हो । आयोगले प्रमुख प्रशासनक र उपप्रशासकले के कति रकम लिएको भन्ने बारेमा केही खुलाएको छैन । आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।

यस्तै आयोगले जिल्ला मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री, नायब सुब्बाद्वय शम्भुनारायण राजभण्डारी र अनन्तराज सत्याल, तत्कालीन सर्वेक्षक विश्वकुमार बस्नेत र अमिन भीमप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी स्रेस्ता गैरकानूनी रुपमा सच्याई पदीय दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले मालपोत अधिकृत खत्री, नासुद्वय राजभण्डारी र सत्याल, सर्वेक्षक बस्नेत र श्रेष्ठविरुद्ध रु नौ लाख चार हजार ५०० बराबरको बिगो कायम गरेको छ । यस्तै जग्गाधनी नानु अधिकारी र अशोक अधिकारीको हकमा पनि सोही बराबरको बिगो कायम गरिएको छ ।

आयोगले आजै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रुपा सिङ्घाची अग्रवाल र सिनियर क्लर्कद्वय चन्द्रकुमाुर मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिल भरपाइसमेत नराखी प्रतिष्ठानको रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले उनीहरुविरुद्ध रु पाँच लाख ५० हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : २३ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी