सडक प्रयोगकर्ताले जान्नैपर्ने नियम, कुन कसुरमा कस्तो सजाय ? | Khabarhub Khabarhub

सडक प्रयोगकर्ताले जान्नैपर्ने नियम, कुन कसुरमा कस्तो सजाय ?


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– के तपाई ‘नो पार्किङ’ लेखिएका क्षेत्रमा सवारीसाधन छोडेर हिड्नुभएको छ ? या सवारी चालक अनुमतिपत्र नलिइ सडकमा सवारी हुइक्याइरहनु भएको छ ?

तपाइलाई ट्राफिक प्रहरीले निगरानी गरिरहेको छ, झुकिएर पनि यो गल्ती नगर्नुस् । महानगरीय ट्राफिक महाशाखाले त्यस्ता सवारी चालकहरुलाई कारवाही सहित जरिवाना लिइरहेको छ ।

ट्राफिक प्रहरीले  सडकका प्रत्येक चोकमा बसेर या सीसी क्यामेराको निगरानीबाट नियमको पालना नगर्नेलाई महाशाखाको कार्यालय ‘बग्गीखाना’ मै बोलाएर कारवाही गर्ने गरेको छ ।

कस्तो गल्तीमा के सजाय ?

यातयात व्यवस्था कार्यालय मार्फत जरिवाना हुने कसुरहरु-

  • सवारीको स्वरुप परिवर्तन वा मोडिफाई गरेको ।
  • वास्तविक नम्बर प्लेट नराखी आफू खुसी नम्बर राखी चलाएको वा चलाउन लगाएको ।
  • प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कशप सञ्चालन गर्न अनुमति लिनुपर्ने ।
  • निर्धारित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएमा एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना ।
  • १ हजारदेखि १५ सयसम्मका जरिवाना हुने कसुरहरु
  • दर्ता नगरी सवारी चलाएमा ।
  • विदेशमा दर्ता भएका सवारी अनुमति नलिई चलाएमा ।
  • बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातयात सेवा सञ्चालन गरेमा ।

१ हजार जरिवाना हुने कसुरहरु

  • सवारी चालक अनुमति पात्र नगरी सवारी चलाएको ।
  • सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसमान वा सवारी राखेको/चलाएको ।
  • दुर्घटनामा परेको सवारी वा यात्रीको हानी नोक्सानी पु¥याएको/सम्पर्कमा नआएको
  • मादक पदार्थ सेवन गरी सवारी चलाएको ।
  • सवारी चालक अनुमतिपत्र नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।
  • सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हदभन्दा बढी राखी सवारी चलाएको ।

५ सयदेखि १५ सयसम्म जरिवाना हुने कसुरहरुः

  • ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।
  • सवारी अड्याउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा ।
  • सवारी मोड्न वा ध्वनी संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी संकेत दिएको ।
  • सडकमा गलत साइड तर्फबाट सवारी चलाएको ।
  • एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको ।
  • अवस्था ठिक नभएको सवारी चलाएको ।
  • राती बत्ती नबालि सवारी चलाएको ।
  • सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको ।
  • नम्बर प्लेट नराखी सवारी चलाएको ।
  • पेटी नबाधी वा हेल्मट नलगाई सवारी चलाएको ।
  • सार्वजनिक सवारीले चालकले यात्री लिन इन्कार गरेको ।
  • लापरवाहीका साथ सवारी चलाएको ।
  • जथाभावी रुपमा हर्न बजाएमा ।
  • सवारी चालक अनुमति पत्र, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।
  • सवारी वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको ।

२ सयदेखि १ हजारसम्म जरिवाना हुने कसुरहरु

  • यात्रुबाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा ।
  • सार्वजनिक सवारीमा धुम्रपान गरेमा ।
  • खतरापुर्ण मालसामानहरु धुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा ।
  • पैदल हिड्ने मानिसहरुले निर्धारित स्थानबाट बाटो नकाटी अन्यत्र बाटो काटेमा ।
  • यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्र लेखिएको सिट संख्याभन्दा बढी यात्रु राखी सवारी चलाएमा ।
  • लामो दूरीमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखि पालैपालोसंग सवारी नचलाएमा ।
  • गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाउमा ।
  • तोकिएको ढाँचाअनुसार टिकट जारी नगरेमा ।
  • सवारीको अन्य भागमा यात्रुलाई राखेमा ।
  • पटके बाटो इजाजत नलिइ सवारी चलाएमा ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : ३४ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५