मदिराको ‘ह्याँङओभर’ हटाउने १३ उपाय « Khabarhub

मदिराको ‘ह्याँङओभर’ हटाउने १३ उपाय


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मदिरा पिउनु सामान्य जस्तै बनेको छ । युवापुस्ता मात्र होइन, वृद्ध उमेरका ब्यक्ति तथा किशोरकिशोरी पनि मदिरा पिउने गर्दछन् ।

मदिरा सेवनले स्वास्थ्यमा असर पार्छ भन्ने जान्दाजान्दै पनि कतिपय मानिस यसको लतबाट टाढा रहन सक्दैनन् । बाहिरी माहोल, साथीसंगतका कारण मदिरा पिउनेहरु पनि धेरै हुन्छन् ।

अत्याधिक मात्रामा मदिराको सेवन गरेमा ‘ह्याङ’ हुन्छ । जसका कारण उठेर हिड्न खोज्दा पनि ठोक्किदै हिड्नु पर्ने, बोली लरबरिने, तथा अस्पष्ट देखिने हुन्छ जसलाई ह्याँङओभर भनिन्छ  ।

मदिरा सेवनपछि हुने ह्याङओभर कम गर्ने केही उपायहरु यस्ता छन–

१. ह्याङंओभरमा सकेसम्म दबाबमूलक वान्ता हुनबाट बच्नुपर्छ । यदि मदिरा पिएको १० मिनेट भित्रै तपाईलाई बान्ता भएन भने वान्ता गर्न बल नगर्नुहोला ।

२. तर यदि वान्ता आउन खोजेको छ भने त्यसलाई रोक्नुहुदैन । किनकी शरीर स्वयं मदिरा बाहिर निकाल्न चाहान्छ । यसलाई रोकेमा उल्टो हानी हुने गर्दछ ।

३. यदि ह्याङओभरका कारण तपाई लड्नु भएको छ भने कसैको सहायता वा आफै चिसो हावा आउने ठाउँमा जाने प्रयास गर्नुहोस्, त्यसपछि लगातार नुन पानी पिउनुहोस् ।

४. मदिरा पिउँदा–पिउँदै ह्याङंओभर शुरु भयो भने तुरुन्तै थप मदिरा पिउन बन्द गर्नुहोस् । र तत्काल कागती चिया पिउनुहोस् ।

५. कागती चिया, कालो चिया, कागती पानी वा कागतीलाई सिधै खाएमा ह्याङओभर कम हुन जान्छ ।

६. ह्याङओभर उतार्ने सबैभन्दा सरल उपाय भनेको प्रसस्त निदाउनु हो, यसले तपाईको शरीरलाई आराम दिई शरीरमा भएको नशा बिस्तारै घट्दै जान्छ ।

७. मदिरा पिउँदा शरीरमा हुने घोलीय पर्दाथमा नशा हुने भएकाले अत्यधिक मात्रामा पानीको सेवन गरेर पिसाबको माध्यमबाट त्यसलाई निकाल्न सके पनि ह्याङओभर कम हुन्छ ।

८. ह्याङओभर देखिन थालेपछि स्वच्छ हावामा केहिबेर बसेर तातो पानीले नुहाउनुपर्छ । यदि ह्याङंओभर अत्यधिक मात्रामा छ भने चिसो पानिले टाउको धुनुपर्छ ।

९. तातोपानीले नुहाउँदा मदिराका कारण शरीरमा भित्रिएका टक्सिनलाई पखालेर निकाल्न मद्दत गर्छ । साथै शरीरमा भएको ह्याङओभर विस्तारै कम हुँदै जान्छ ।

१०. अदुवाको प्रयोगले पनि मदिराको नशा उतार्ने भएकाले केही टुक्रा अदुवालाई मुखमा राखेर चपाई मनतातो पानीले निलेमा पनि ह्याङंओभर कम गर्न सकिन्छ ।

११. काचो नरीवलको पानी पिउनाले समेत मदिराको ह्याङओभर कम हुन जान्छ । साथै अमिला फलफूलले समेत मदिराको नशा उतार्ने गर्दछ । यो सबैभन्दा उपयोगी उपाय मानिन्छ ।

१२. पानीमा नुन र सख्खर हालि घोल बनाएर पिएमा मदिराको नशा कम हुन्छ साथै शरीरमा भएको पानिको कमी पनि पूरा हुने गर्दछ ।

१३. टमाटरको रस, सुन्तलाको जुस, अदुवा हालेको कालो चिया तथा धनिया सख्खरको मिश्रण खाएमा पनि मदिराको ह्याङओभर कम हुने गर्दछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : १४ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा