काठमाडौंले धनगढीलाई दियो १८६ रनको चुनौती « Khabarhub

काठमाडौंले धनगढीलाई दियो १८६ रनको चुनौती


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत अहिले काठमाडौं गोल्डेन वारियर्सन र धनगढी ब्लुजबीचको खेल जारी छ ।

जारी प्रतियोगितामा काठमाडौं गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई १ सय ८६ रनको चुनौती दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै सय रन बनाए ।

यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । ३७ बल खेलका उनले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतकबाट ४ रानाले चुके । मल्ल र कोल्सावालाले तेस्रो विकेटको लागि शतकीय रनको साझेदारी गरेका थिए ।

खराब मौसमको कारण ढिलो शुरु भएको खेल १७ ओभरमा घटाइएको थियो । यस संस्करणमा काठमाडौंले बनाएको रन प्रतियोगिताको सर्वाधिक रन हो ।

धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौं पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्न चाहान्छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।

एक जित निकालेको धनगढी २ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ११ : ४७ बजे

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ