चिकित्सकको सल्लाहपछि नेयमार मैदान बाहिर, च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल गुमाउने « Khabarhub

चिकित्सकको सल्लाहपछि नेयमार मैदान बाहिर, च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल गुमाउने


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार चोटका कारण पुनः टिमबाट केही समय बाहिर रहने भएका छन् । पैतालामा चोट लागेपछि चिकित्सकहरुको सल्लाहपछि उनलाई साँढे दुई महिना मैदान बाहिर रहने क्लबले जानकारी दिएको छ ।

अघिल्लो सिजनमा खुट्टा भाँचिएपछि ५ महिना मैदान बाहिर रहेका नेयमारको पुन उही खुट्टामा चोट लागेपछि १० हप्ता आराम गर्न डाक्टरले सल्लाह दिएका छन् ।

२५ फ्रेबु्रअरी २०१८ मा मर्सेलीसँगको खेलमा खुट्टा भाँचिएपछि लडेका नेयमारले विश्वकप २०१८ मा ब्राजिलको राष्ट्रिय टोलीबाट जुन महिनामा पुनरागमन गरेका थिए ।

नेयमार जनवरी २३ मा स्टार्सबर्गसँगको खेलमा चोट लागेपछि टिमबाट बाहिर रहने भएका हुन् । चोटग्रस्त भएका उनले च्याम्पियन्स लिगमा म्यान्चेष्टर युनाईटेडविरुद्वको दुबै लेगको खेल गुमाउनेछन् ।

पीएसजीले अन्तिम १६ अन्तर्गत पहिलो लेगका खेलमा फेबु्रअरी १२ मा ओल्डट्राफोर्डको भ्रमण गर्नेछ भने मार्च ६ मा घरेलु मैदानमा म्यान्चेष्टर युनाईटेडलाई आतिथ्यता प्रदान गर्नेछ ।

बार्सिलोनाबाट किर्तीमानी रकममा पीएसजी पुगेका नेयमार लगातार दुई सिजनका खेलमा चोटग्रस्त हुँदा उनलाई भाग्यले साथ नदिएको विश्लेषण अन्तर्राष्ट्रिय फुटबल पण्डितहरुले गर्न थालेका छन् ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले केही समय अगाडि नेयमार कहिले टिममा फर्किन्छन् भनेर भन्न नसकिने बताएका थिए ।

च्याम्पियन्स लिगको अन्तिम —१६ का लेगमा नेयमार टिम बाहिर रहने भएपछि टिमलाई केही असहज भएपनि सन्तुलन मिलाउने प्रशिक्षक टुचेलले बताइसकेका छन् ।

नेयमारले पीएसजीलाई लिग वानको शीर्ष स्थानमा राख्न महत्वपूर्ण भूमिका खेलेका थिए । उनले यो सिजनमा पीएसजीबाट २० गोल समेत गरिसकेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ३ : ५५ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि