प्रदेश गएनन् कर्मचारी, समायोजन भएका आधाभन्दा धेरै संघमै « Khabarhub

प्रदेश गएनन् कर्मचारी, समायोजन भएका आधाभन्दा धेरै संघमै


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले कर्मचारी समायोजनको काम सकिनै लागेको दावी गरेको छ । सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भनेपनि ५३ हजार ६ सय १२ कर्मचारीको समायोजन भइसकेको छ । तर, ३४ हजार ७ सय ६३ कर्मचारी सघंमै रहेको कान्तिपुर दैनिकमा खबरछ ।

कर्मचारी समायोजनमा खटिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु कर्मचारी समायोजनको काम सक्न लाग्यौ भन्दै उत्साह प्रकट गर्दा कर्मचारीले प्रदेश रोज्ने क्रम भने कम हुँदै गएको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले पनि कर्मचारीले संघ छोड्न नमानेको बताएका छन् । उनले विभिन्न समूहका कर्मचारीले संघमा दरबन्दी कायम राख्न दबाब दिन नछाडेको बताए । जसरी भएपनि संघमै रहने दौडधुपमा कर्मचारी रहेको पनि थपलियाले बताए ।

त्यस्तै विखण्डनको मुद्दा लिएर आन्दोलनमा रहेको सीके राउत समूहले सरकारसँग ११ बुँदे सहमति गरेको छ । प्रधानमन्त्री कै निगरानीमा वार्ता भएको, सरकारले गरेको सहमतिको भाषामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भने असन्तुष्ट रहेको, सीके राउतसँगको सहमतिपछि अब मधेशमा तेस्रो धार बन्न सक्ने देखिएको खबर छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : १९ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक