पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा खतिवडा नियुक्त « Khabarhub

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा खतिवडा नियुक्त


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा घनश्याम खतिवडा नियुक्त भएका छन् ।

कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यकारी निर्देशकमा चार वर्षका लागि खतिवडालाई नियुक्त गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले चारवर्षे कार्यकालमा पशुपति क्षेत्रको समग्र विकासमा सरोकार भएका निकायबीच समन्वयात्मक तरिकाले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयबाट ‘महाकवि अश्वघोष विरचित बुद्ध चरित महाकाव्यमा रस विधान’ विषयमा डा खतिवडाले विद्यावारिधि गरेका छन् । यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि गत असोजमै सकिएको थियो ।

परिषद् बैठकमा नेपाल भ्रमण वर्ष २०२० मा पशुपति क्षेत्रमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको सञ्चालक सदस्य आशा पाण्डेले बताए ।

उनको नेतृत्वमा आज कोषका महिला कर्मचारीको सहभागितामा पशुपतिस्थित वनकाली क्षेत्रमा सफाइ पनि गरिएको थियो ।

पशुपति क्षेत्रलाई स्वच्छ, सफा र पवित्र राख्न कोषका तर्फबाट पहल गरिरहने सदस्य पाण्डेले बताउनुभयो । भ्रमण वर्षका अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने नाका नाकामा सफाइ अभियानलाई तीव्रता दिइने जनाइएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : १४ बजे

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रिको तयारीस्वरुप विश्व सम्पदा सूचीमा सूचीकृत वैदिक सनातन हिन्दू

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी– फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ