१५ हजार घुससहित प्रहरी जवान यादव पक्राउ « Khabarhub

१५ हजार घुससहित प्रहरी जवान यादव पक्राउ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया- अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउपर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए ।

अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वतावरण सहज गरिदिन कलैयास्थित रहेको सिद्धेश्वर विद्यालयबाट निज यादवलाई नगदसहित पक्राउ गरिएको थियो ।

यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत पाँच महिनादेखि काजमा बस्दै आएका थिए । भारतबाट अवैधरुपमा सामान नेपालसम्म ल्याउन यादवले व्यापारीसँग मोटो रकम लिने गरेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : २४ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको