आज २०७६ पुस ३ गते विहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७६ पुस ३ गते विहीबारको राशिफल


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ पुस ३ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

शुभ कार्यको योग छ । पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।

बृष

धन वृद्धि होला । पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी हुनसक्छ ।

मिथुन

पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता । मित्रजनबाट सुख प्राप्ति ।

कर्कट

व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । यात्रामा लाभ मिल्ने योग ।

सिंह

अनुसन्धानमूलक काममा चासो बढ्ला । झुटो आरोप । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । मिष्ठान्न भोजनको योग ।

कन्या

धार्मिक कार्यमा उत्साह । वैदेशि यात्राको अवसर । शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

तुला

कार्यमा प्रगति । धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा होला । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनुहोला ।

बृश्चिक

मित्रजनको सहयोगले धन आर्जन । स्वास्थ्यमा समस्या आउँन सक्छ । वमनमा चञ्चलता,महत्वपूर्ण कार्यमा उल्झन । अध्ययनमा प्रगती । पारिवारिक भेटघाटको अवसर ।

धनु

घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट। भ्रमण फलदायी रहने छ ।

मकर

विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ । सवारी यात्रामा जोखिम ।

कुम्भ

मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । आर्थिक लाभ मिल्ने छ ।

मीन

घरायासी काममा व्यस्तता बढ्ने छ । शत्रु परास्त हुने । सन्तानबाट सहययोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : १४ बजे

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न

किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

बागलुङ- बागलुङ नगरपालिका– ५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको

विधायन व्यवस्थापनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक

प्रतिनिधिसभा बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक