प्रधानमन्त्री ओलीको गाउँमा पूर्व राजा एक महिना बस्ने ! « Khabarhub

प्रधानमन्त्री ओलीको गाउँमा पूर्व राजा एक महिना बस्ने !


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना बसाइका लागि झापा पुगेका छन् । पूर्व राजा ज्ञानेन्द्र हिजो (बुधबार) झापा पुगेका हुन् ।

पूर्व राजा शाह प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा बस्नेछन् ।

दमक नगरपालिकामा आफ्नो स्वामित्वमा रहेको चिया बगानमा पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित बस्नेछन् ।

पूर्व राजाहरुले जाडो मौसम शुरु भएसँगै हरेक वर्षजसो पूर्वी पहाडी जिल्लाहरुको भ्रमण गर्ने गरेका र त्यसकै निरन्तरताको रुपमा पूर्व राजा शाहको झापा भ्रमण रहेको बताइएको छ ।

दमकमा रहेको चिया बगामा पुगेर महिना दिन विताउने शाह वंशीय राजाहरुको परम्परा नै रहेको बताइन्छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले झापामा रहेको बेला इलाम, पाँचथर र झापाका विभिन्न धार्मिक स्थलहरुको भ्रमण र पूजा अर्चना गर्ने गरेका छन् ।

धार्मिक स्थलहरुको भ्रमण भनिएपनि मुलत उनले त्यहाँ समर्थको शुभेच्छा प्राप्त गर्ने र सर्वसाधारणसँगको भलाकुसारीमा समय व्यतित गर्न पाउने भएका कारण पनि त्यसतर्फ जाने गरेको कतिपयको भनाइ छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ११ : ०८ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक