प्रधानमन्त्री ओलीको गाउँमा पूर्व राजा एक महिना बस्ने ! | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको गाउँमा पूर्व राजा एक महिना बस्ने !


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना बसाइका लागि झापा पुगेका छन् । पूर्व राजा ज्ञानेन्द्र हिजो (बुधबार) झापा पुगेका हुन् ।

पूर्व राजा शाह प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा बस्नेछन् ।

दमक नगरपालिकामा आफ्नो स्वामित्वमा रहेको चिया बगानमा पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित बस्नेछन् ।

पूर्व राजाहरुले जाडो मौसम शुरु भएसँगै हरेक वर्षजसो पूर्वी पहाडी जिल्लाहरुको भ्रमण गर्ने गरेका र त्यसकै निरन्तरताको रुपमा पूर्व राजा शाहको झापा भ्रमण रहेको बताइएको छ ।

दमकमा रहेको चिया बगामा पुगेर महिना दिन विताउने शाह वंशीय राजाहरुको परम्परा नै रहेको बताइन्छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले झापामा रहेको बेला इलाम, पाँचथर र झापाका विभिन्न धार्मिक स्थलहरुको भ्रमण र पूजा अर्चना गर्ने गरेका छन् ।

धार्मिक स्थलहरुको भ्रमण भनिएपनि मुलत उनले त्यहाँ समर्थको शुभेच्छा प्राप्त गर्ने र सर्वसाधारणसँगको भलाकुसारीमा समय व्यतित गर्न पाउने भएका कारण पनि त्यसतर्फ जाने गरेको कतिपयको भनाइ छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ११ : ०८ बजे

‘भोजपुरे खुकुरी’ पाँच सयदेखि ५२ हजारसम्ममा बिक्री

भोजपुर– देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि

धान बेच्न किसान रातभर लाइनमा

घोडाघोडी– यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा

मेलम्चीको पानी काठमाडौं पठाउन बन्द

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका

उच्छृङ्खलताले घटाएको राजेन्द्र खड्गीको कद

काठमाडौं– द्वन्द्व निर्देशक तथा खलनायकका रुपमा परिचित राजेन्द्र खड्गीलाई पछिल्लो समय

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात

वीरगञ्ज– गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात