प्रहरीलाई सुराकी नगर्न विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित) « Khabarhub

प्रहरीलाई सुराकी नगर्न विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटमा सुराकी गरेको आरोपमा नियन्त्रणमा लिएका दुई जना प्रहरीलाई छाडेको जनाएको छ ।

सुराकी गरेको आरोपमा प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा लिएर चेतावनी दिँदै स्थानीयको रोहबरमा छाडेको नेकपाले विज्ञप्तिमार्फत जनाएको हो ।

पार्टीको कार्यक्रम स्थल जाजरकोटको नलगान नगरपालिका ५ सिर्केमा प्रहरीद्वय सुराकी गर्न आएको आरोप लगाएको छ । उनीहरुलाई केही बेर नियन्त्रणमा लिएर छाडिएको जाजरकोटका सेक्रेटरी राजकुमार राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामीमी दिनमा पार्टी,नेता र कार्यकर्तालाई सुराकी गरेमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : २० बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका