नक्कली भ्याट बिल अभियोगमा ‘वरुण वेभरेज’ विरुद्ध मुद्दा « Khabarhub

नक्कली भ्याट बिल अभियोगमा ‘वरुण वेभरेज’ विरुद्ध मुद्दा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालमा वरुण वेभरेजले पेप्सीलगायतका उत्पादनको बोटलिङ गर्दै आएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुण वेभरेजका अमित गुप्तासमेत सात जना विरुद्ध रु ६४ करोड ९६ लाख दुई हजार ३४० बिगो र बिगोको दोब्बर रु एक अर्ब २९ करोड ९२ लाख चार हजार ६८० समेत गरी रु एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० सम्म जरिवाना र तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

वरुण वेभरेजल प्रालिको स्थायी लेखा नम्बर ३०००४५४९५ ले राजश्व चुहावट गर्ने मनसाय राखी नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरेको पाइएको छ ।

विभागले वरुण वेभरेजका र यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक गुप्ताबाट बिगो असुल गरी तीन वर्षको कैद सजायको समेत माग दाबी गरेको छ ।

उनीहरुले नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरी वास्तविकरूपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्मबाट कर बिजक खरिद गरी राजश्व चुहावट गरेको पाइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : १५ बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार