जागिरका लागि अमेरिकी दूतावास छिरेका डीआईजी श्रेष्ठमाथि कारबाही | Khabarhub Khabarhub

जागिरका लागि अमेरिकी दूतावास छिरेका डीआईजी श्रेष्ठमाथि कारबाही


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सशस्त्र मुख्यालयले सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठलाई विभागीय कारबाही गरेको छ ।

माथिल्लो निकायलाई खबर नगरी अनुमति विना नै जागिरका लागि अमेरिकी दूतावास पुगेपछि उनलाई स्पष्टीकरण सोधिएको मुख्यालयले जनाएको छ ।

श्रेष्ठलाई पदीय आचरण अनुरुप काम नगरेको भन्दै उनको चर्को विरोध भएपछि स्पष्टीकरण सोधिएको सशस्त्र मुख्यालयले बताएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठले विदेशी नियोगमा जाँदा अनुमति लिनुपर्ने र नलिए कारबाही हुने व्यवस्थाअनुसार नै डीआईजी श्रेष्ठलाई सचेत गराएको बताए ।

डीआईजी श्रेष्ठ सरकारी गाडीमा चढेर दूतावास छिरेका थिए । त्यहाँ उनले करिब एक घण्टा समय बिताएको बताइन्छ ।
सशस्त्र प्रहरीको कमाण्ड एण्ड स्टाफ कलेजमा प्रमुखका रुपमा कार्यरत डीआईजी श्रेष्ठ केही दिन अघि महाराजगन्जस्थित अमेरिकी राजदुतावास पुगेको कुरा अहिले सार्वजनिक भएको हो ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ ।

अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, औपचारिक कार्यक्रम र निमन्त्रणामा जान पाउने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : २७ बजे

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

वीरगञ्ज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ