पिपीएल क्रिकेट : पोखरामाथि बुटवलको आठ विकेटको जित « Khabarhub

पिपीएल क्रिकेट : पोखरामाथि बुटवलको आठ विकेटको जित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ शुरु गरेको पोखराले पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२१ रनको योगफल बनाएको थियो । प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको बुटवल पोखराले दिएको १२२ रनको विजयी लक्ष्य १४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा भेट्टायो ।

प्रतियोगितामा चार खेल खेलिसकेको पोखराले एक खेलमात्र जित हासिल गरेको छ भने तीनमा पराजित भएसँगै अघिल्लो चरण पुग्नका लागि थप दबाबमा आएको छ । अब पोखराले ‘प्लेअफ’ खेल्नका लागि बाँकी एक खेल जितेर मात्र पुग्दैन अरु टोलीको नतिजामा समेत भर पर्नुपर्ने बाध्यता छ ।

शुरुआती ब्याटस्म्यान अफ्ताबुद्दिन अहमद र शङ्कर रानाले पहिलो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गर्नुभएपछि बुटवलले खेलमा सुखद शुरुआत गरेको थियो । आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रसिद खानको बलमा ‘क्याच आउट’ हुनुअघि खेलका ‘म्यान अफ दी म्याच’ अहमदले ४६ बलमा १२ चौका र दुई छक्कासहित ७५ रन जोडे ।

जितसँगै बुटवलले चितवन राइनोजसँग समान चार अङ्क बराबरी गरेको छ । यद्यपि चितवनले एक खेल कम खेलेको छ भने अन्य टोलीको समान दुई अङ्क रहेको छ । पहिलो ओभरको दोस्रो बलमा शुरुआती ब्याटस्म्यान कशुल भुर्तेल रनको खाता नै नखोलेर बाहिरिएपछि घरेलु टोली पोखरा दबाबमा आएको थियो । भुर्तेललाई ललित भण्डारीले एलबीडब्लु आउट गरेका थिए ।

पोखराका लागि रविइन्दर सिंहले ४२ बलमा दुई चौका र दुई छक्का सहित ४५ रनमा अविजित रहदै टोलीका लागि मध्यमस्तरको लक्ष्य प्रस्तुत गरे । त्यस्तै प्रथमेश ढाके २० बलमा एक चौका र एक छक्कासहित २० रनमा अविजित रहे भने रोहित पौडेलले १८ बलमा एक चौरा एक छक्कासहित १९ रन जोडे । बुटवलका हर्ष टङ्कले आफ्नो चार ओभर बलिङमा जम्मा १० रन खर्चिएर दुई विकेट लिए भने शिवम सिंह, ललितसिंह भण्डारी र नितेश थापाले समान एक/एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ५५ बजे

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका