काठमाडौंका ६ ठाउँमा अन्तर्राष्ट्रिय गुणस्तरका शौचालय निर्माण गरिने « Khabarhub

काठमाडौंका ६ ठाउँमा अन्तर्राष्ट्रिय गुणस्तरका शौचालय निर्माण गरिने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा अन्तर्राष्ट्रिय गुणस्तर र सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ ।

स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत ५ वर्षदेखि सार्वजनिक शौचालय निर्माणको प्रक्रियामा महानगरपालिका रहेको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । महानगरको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालय निर्माण र यसको दिगो सञ्चालन कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिई निर्माणकार्य अघि बढाइने जानकारी गराए ।

एउटाले शौचालय बनाउने अर्कोले चलाउने कुरालाई महानगरले अब स्वीकार नगर्ने जानकारी गराउँदै उपाध्यक्ष बस्नेतले भने, ‘शौचालय निर्माण गर्दा त्यहाँ उपलब्ध हुने सुविधा र त्यहाँबाट उत्पादन भएको तरल फोहर व्यवस्थापनको पूर्ण योजना भएपछि मात्र काम अगाडि बढाउन मिल्छ ।’

एनआरएनले ल्याएको प्रस्तावमा शौचालय ४० फिट लम्बाइ र १६ फिट चौडाइको हुनेछ । यसभित्र पुरुषका लागि पिसाब गर्ने तीन युरिनल र दुई शौचालय हुनेछन् । त्यस्तै महिलाका स्यानिटरी प्याडको पनि व्यवस्थापन गर्न सक्नेगरी चार र अपाङ्गता भएका व्यक्तिका लागि एउटा शौचालय हुनेछ ।

त्यस्तै बच्चालाई प्याड फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध गरिनेछ । प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो । हाल महानगरपालिकामा २८ सार्वजनिक शौचालय रहेका छन् । प्रयोगमा रहेकामा पनि अत्यावश्यक सामग्री साबुन र पानीसम्म राखेको पाइँदैन ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ३ : ०३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु