प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार « Khabarhub

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन् । 

शुक्रबार रास्वपा कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुनारले संसदीय समितिमा उजुरी आएपछि सम्बन्धित व्यक्ति तथा अधिकारीहरूलाई बोलाएर छलफल गर्नु सामान्य र नियमित प्रक्रिया भएको उल्लेख गर्दै प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका हुन् । 

उनले मिडियाले दुई पक्षको विवाद भन्दै अनावश्यक प्रचार गरेकोमा आपत्ति जनाए ।

उनले रास्वपाको जन्म नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन र भ्रष्टाचार विरुद्ध लड्नका लागि भएको धारणा राखे । 

बारामा भएको बालिका हत्याका विषयमा सांसद सुनारले दोषीमाथि हदैसम्मको कानुनी कारबाहीका लागि राज्य गम्भीर हुनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ६ : ४४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार