निर्मला पन्तको जीवनीमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियो) « Khabarhub

निर्मला पन्तको जीवनीमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियो)


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा निर्मलाको हत्यापछि परिवारमा आएको विचलन र उठेको मुद्दालाई देखाउने प्रयत्न गरिएको छ ।

शिवम् अधिकारीको निर्देशनमा बनेको यो फिल्मलाई मनिराज गौतमले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा डोटेली लबज पाइन्छ ।

फिल्ममा सरिता गिरी, गणेश गिरी, रिद्धि चरण श्रेष्ठ, विमल पौडेल, अस्मिता जुरेली, प्रकृति खरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

रामेश्वर कार्कीको छायांकनमा तयार भएको फिल्ममा बन्डे प्रसादले सम्पादन देख्न सकिन्छ । निर्देशक अधिकारीले नै छायांकन गरेको यो फिल्मको रिलिज मिति अझै रिलिज गरिएको छैन ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : १८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी