देव विकास बैँकको १८ करोड हिनामिना प्रकरणः सञ्चालक समितिका पाँच जना धरौटीमा छुटे « Khabarhub

देव विकास बैँकको १८ करोड हिनामिना प्रकरणः सञ्चालक समितिका पाँच जना धरौटीमा छुटे


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देव विकास बैंक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये सञ्चालक समितिका पाँच जना जनही १२ लाख धरौटीमा छुटेका छन् ।

बैंकको १८ करोड हिनामिना प्रकरणमा मुछिएका एक जना बैंक सञ्चालक समिति सदस्य अझै पनि फरार रहेका छन् । हालसम्म २३ जना धरौटीमा छुटेका छन् ।

उच्च अदालत तुलसिपुरका शाखा अधिकृत मानबहादुर विष्टले ६ जना बैंक सञ्चालकहरुलाई बैंक हिनामिनामा मुद्धा दायर भएकोमा पाँच जना बैंक सञ्चालक अदालतमा उपस्थित भएर धरौटीमा छुटेको जानकारी दिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सदस्यहरु अर्जुन बुढाथोकि, निर्मल देवकोटा, वेगमबहादुर भण्डारी, शेषमणि गौतम जनही १२ लाख धरौटीमा छुटेका हुन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : ४५ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक