अनुष्काले बोकेको यो व्यागको मूल्य २ लाख ५० हजार ! « Khabarhub

अनुष्काले बोकेको यो व्यागको मूल्य २ लाख ५० हजार !


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय सिलेब्रिटी र फिल्म अभिनेत्रीहरुले महंगो र ब्राण्डेड सामानको प्रयोग गर्नु सामान्य कुरा हो । सर्वसाधारणले सेलिब्रेटीको खानपान, पहिरन देखि हरेक कुरालाई ख्याल गरिरहेका हुन्छन् ।

सामान्यता महिलाहरुले ह्याण्ड व्यागको प्रयोग गर्छन् । कतै जाँदा वा पार्टीहरुमा जाँदा प्रयोग गर्ने ह्याण्ड व्यागहरु तपाइँहरुले कति मूल्यको प्रयोग गर्ने गर्नु भएको छ ।

२ हजार देखि ८/१० हजार सम्मको बोक्ने गर्नुभएको छ होला ? तर भारतीय फिल्म अभिनेत्रीले बोकेको एउटा ह्याण्ड व्यागको मूल्य निकै धेरै रहेको छ ।
करीना कपूर खान देखि लिएर सोनम कपूर तथा आलिया भट्टसम्म सामान्यतया ह्याण्ड व्यागहरु बोक्छन् जसको मूल्य लाखौं रुपयाँ हुने गरेको छ ।
करीनाले बोक्ने हर्मिस व्यागको मूल्य त १० लाख रुपैयाँ रहेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।
अव यो लिस्ट मा अर्को एक नाम जोडिएको छ । र उनी हुन् अनुष्का शर्मा ।

केही दिन पहिला विमानस्थमा अनुष्का शर्मा दुई अलग– अलग लुक मा देखिएकी थिइन् । तर यसमा एउटा समानता थियो । समानता हो फेन्डी ह्याण्ड व्याग । पहिलो फोटोमा अनुष्काले कालो रंगको व्याग बोकेकी थिइन् । त्यस्तै अर्को तस्वीरमा पनि उनले कालो फेन्डी ह्याण्ड व्याग बोकेकी थिइन् ।

हिरोइनले बोकेको ब्यागको कुरा किन भइरहेको छ भने यसको मूल्य सुन्दा सायद तपाईलाई पत्याउन मुस्किल पर्छ ।
सामान्य देखिने यो व्यागको मूल्य २ लाख ५० हजार पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ४ : ३४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील