पीपीएलमा आज काठमाडौं र विराटनगर भिड्ने « Khabarhub

पीपीएलमा आज काठमाडौं र विराटनगर भिड्ने


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा आज (शनिबार) मात्र एक खेल हुनेछ । लिग चरणको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाईटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

खेल पोखरा रंगशालामा साढे ११ बजे शुरु हुनेछ । सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ ।

पहिलो खेलमा पोखरा पल्टनसँग हारेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित बनेको थियो ।

तेस्रो खेलमा धनगढी एक्सपर्टलाई हराएर राहत महशुश गरेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवित बनाउन जित निकाल्नै पर्ने दबाब छ ।

काठमाडौं ३ खेलबाट २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर समेत दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना सहज बनाउन चाहन्छ ।

धनगढीसँग पहिलो खेल गुमाएपनि साविक विजेता पोखरालाई हराएर विराटनगरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो ।

विराटनगर दुई खेलमा एक जित निकाल्दै तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : ३० बजे

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका