पीपीएलमा आज काठमाडौं र विराटनगर भिड्ने « Khabarhub

पीपीएलमा आज काठमाडौं र विराटनगर भिड्ने


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा आज (शनिबार) मात्र एक खेल हुनेछ । लिग चरणको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाईटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

खेल पोखरा रंगशालामा साढे ११ बजे शुरु हुनेछ । सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ ।

पहिलो खेलमा पोखरा पल्टनसँग हारेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित बनेको थियो ।

तेस्रो खेलमा धनगढी एक्सपर्टलाई हराएर राहत महशुश गरेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवित बनाउन जित निकाल्नै पर्ने दबाब छ ।

काठमाडौं ३ खेलबाट २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर समेत दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना सहज बनाउन चाहन्छ ।

धनगढीसँग पहिलो खेल गुमाएपनि साविक विजेता पोखरालाई हराएर विराटनगरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो ।

विराटनगर दुई खेलमा एक जित निकाल्दै तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : ३० बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार