दुर्घटना बढेपछि ड्राइभरको आँखा जाँच्न थालियो | Khabarhub Khabarhub

दुर्घटना बढेपछि ड्राइभरको आँखा जाँच्न थालियो


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- पछिल्लो समय सिन्धुपाल्चोकमा सवारी दुर्घटना बढेको र जनधनको क्षति भएपछि दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले शुक्रबार सडकमा नै चालकको आँखा परीक्षण गराउन शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रजल्व महर्जनले सिन्धुपाल्चोको बीचस्थान पर्ने बन्देउमा ११६ जना चालकको दृष्टि तथा कलर भिजन जाँच गरिएको जानकारी दिए ।

दोलखा, जिरी , शैलुङगेश्वरी, रोल्वालिङ, बाह्बिसे, जलबिरे, चौतारा लगायतका स्थानबाट आउने साना ठूला सबै खाले सवारीसाधानका चालकको आँखा परीक्षण गरिएको उनले बताए ।

सुनकोशी यातयात, शैलुङगेश्वी यातयात, हिमशिखर यातयात, जलबिरे यातयात, जुगल यातयात, गौरीशंकर, सगरमाथा लगायतका यात्रुबस, मिनिबस, ट्रिपर लगायतका सवारी साधानका चालकको आँखा परीक्षण गरिएको छ ।

चालक सहचालक र यात्रुहरुलाई सवार र सवारीसाधानको बारे परामर्श पनि दिइएको थियो । उत्साहका साथ चालकहरु आँखा परीक्षण गराएका थिए । जिल्ला ट्राफिक कार्यालय अंधेरीका प्रमुख राजेशकुमार दाहालले बताए अनुसार सवारीसाधानलाई ट्रार्फिक नियम पालान गराइएको जानकारी दिए ।

सडकको दयनीय अबस्था, यान्त्रिक गढबढी, ओभरलोड लगायतका बारे सचेत गराइएको प्रहरी नायव निरिक्षक समेत रहेका दाहालले जानकारी दिए । चालक प्रकाश भट्टराइले आँखा र कलर भिजन परीक्षण गराएर दुर्घटना कम गराउन सचेत बनाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोगमा चालकको आँखा परीक्षण गरिएको हो ।

सिन्धुपाल्चाकेमा दुई महिना यता सडक दुर्घटनामा ४४ जनाको ज्यान गएको र १५४ जना घाइते भएपछि टार्फिक र प्रहरीको सक्रियता बढेको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : २० बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको