दुर्घटना बढेपछि ड्राइभरको आँखा जाँच्न थालियो « Khabarhub

दुर्घटना बढेपछि ड्राइभरको आँखा जाँच्न थालियो


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- पछिल्लो समय सिन्धुपाल्चोकमा सवारी दुर्घटना बढेको र जनधनको क्षति भएपछि दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले शुक्रबार सडकमा नै चालकको आँखा परीक्षण गराउन शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रजल्व महर्जनले सिन्धुपाल्चोको बीचस्थान पर्ने बन्देउमा ११६ जना चालकको दृष्टि तथा कलर भिजन जाँच गरिएको जानकारी दिए ।

दोलखा, जिरी , शैलुङगेश्वरी, रोल्वालिङ, बाह्बिसे, जलबिरे, चौतारा लगायतका स्थानबाट आउने साना ठूला सबै खाले सवारीसाधानका चालकको आँखा परीक्षण गरिएको उनले बताए ।

सुनकोशी यातयात, शैलुङगेश्वी यातयात, हिमशिखर यातयात, जलबिरे यातयात, जुगल यातयात, गौरीशंकर, सगरमाथा लगायतका यात्रुबस, मिनिबस, ट्रिपर लगायतका सवारी साधानका चालकको आँखा परीक्षण गरिएको छ ।

चालक सहचालक र यात्रुहरुलाई सवार र सवारीसाधानको बारे परामर्श पनि दिइएको थियो । उत्साहका साथ चालकहरु आँखा परीक्षण गराएका थिए । जिल्ला ट्राफिक कार्यालय अंधेरीका प्रमुख राजेशकुमार दाहालले बताए अनुसार सवारीसाधानलाई ट्रार्फिक नियम पालान गराइएको जानकारी दिए ।

सडकको दयनीय अबस्था, यान्त्रिक गढबढी, ओभरलोड लगायतका बारे सचेत गराइएको प्रहरी नायव निरिक्षक समेत रहेका दाहालले जानकारी दिए । चालक प्रकाश भट्टराइले आँखा र कलर भिजन परीक्षण गराएर दुर्घटना कम गराउन सचेत बनाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोगमा चालकको आँखा परीक्षण गरिएको हो ।

सिन्धुपाल्चाकेमा दुई महिना यता सडक दुर्घटनामा ४४ जनाको ज्यान गएको र १५४ जना घाइते भएपछि टार्फिक र प्रहरीको सक्रियता बढेको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : २० बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा