रक्षामन्त्रीको आरोप– विदेशी शक्तिले केही नेतालाई बोलाएर प्रशिक्षण दिइरहेका छन् « Khabarhub

रक्षामन्त्रीको आरोप– विदेशी शक्तिले केही नेतालाई बोलाएर प्रशिक्षण दिइरहेका छन्


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भने, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन् ।”

विदेशी शक्तिले केही पार्टीका नेतालाई आफ्नो देशमा बोलाएर प्रशिक्षण दिने र अस्थिरता सिर्जना गर्ने गतिविधि भइरहेको उनले बताए । “द्वन्द्वकाल अघिपछिका मुद्दा उठाएर पार्टी र सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ”, उनले भने, “त्यसो चालबाजी हामीलाई थाहा छ, देशका सबै समस्या समधान गर्न सरकार समक्ष छ ।”

भर्खरै सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको चर्चा गर्दै उनले यसले मुलुक निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे । आगामी आर्थिक वर्षमा वृद्ध भत्ता ५ हजार रुपैयाँ बनाइने बताउँदै रक्षामन्त्री पोखरेलले भने, “नेकपाले चुनावताका गरेका घोषणा पूरा गर्छ ।”

हाल समृद्धिको जग बसाउने काम भइरहेकाले आगामी दिनमा समृद्धिको यात्राले क्रमशः पूर्णता पाउँदै जाने उनको भनाइ थियो । मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकता कम्युनिष्टको विरोध गर्ने शक्तिको टाउको दुखाइको विषय बनेको उनले बताए ।

“कम्युनिष्टबीचको एकता अहिले टाउको दुखाइको विषय बनेको छ”, उनले भने, “केही स्वार्थपरक तत्व एकतामा भाँजो हाल्न लागि परेका छन् । त्यो असफल हुने निश्चित छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : ०६ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे