हराएको एकलाख सहितका सामान पर्यटक प्रहरीद्वारा जर्मन नागरिकलाई फिर्ता « Khabarhub

हराएको एकलाख सहितका सामान पर्यटक प्रहरीद्वारा जर्मन नागरिकलाई फिर्ता


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक प्रहरीले जर्मनी नागरिकको हराएको नगद र सामान फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरेको छ ।

जर्मनी नागरिक मुहल पियुस् मोरीटिजको हराएको नगद र पासपोर्ट सहितको झोला फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।

शनिवार बिहान ठमेलबाट नयाँ बसपार्क जाने क्रममा उनको सामान ट्याक्सिमा छुटेको थियो । मोरीटिजले सामान हराएको निवेदन दिएपछि पर्यटक प्रहरीले खोजी गरेर फिर्ता गरेको हो ।

पर्यटक प्रहरीले सामान खोज्ने क्रममा बा १ ज ८४७६ नम्बरको ट्याक्सीमा रु एकलाख, मोबाइल र पासपोर्टलगायत सामान भेटिएको थियो । ट्याक्सी चालक रामेछापका २८ वर्षीय हरी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

पर्यटक प्रहरीले यसअघि पनि विदेशी नागरिकका हराएका विभिन्न सामान तथा नगद फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै आइरहेको पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ५ : ११ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी