हराएको एकलाख सहितका सामान पर्यटक प्रहरीद्वारा जर्मन नागरिकलाई फिर्ता « Khabarhub

हराएको एकलाख सहितका सामान पर्यटक प्रहरीद्वारा जर्मन नागरिकलाई फिर्ता


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक प्रहरीले जर्मनी नागरिकको हराएको नगद र सामान फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरेको छ ।

जर्मनी नागरिक मुहल पियुस् मोरीटिजको हराएको नगद र पासपोर्ट सहितको झोला फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।

शनिवार बिहान ठमेलबाट नयाँ बसपार्क जाने क्रममा उनको सामान ट्याक्सिमा छुटेको थियो । मोरीटिजले सामान हराएको निवेदन दिएपछि पर्यटक प्रहरीले खोजी गरेर फिर्ता गरेको हो ।

पर्यटक प्रहरीले सामान खोज्ने क्रममा बा १ ज ८४७६ नम्बरको ट्याक्सीमा रु एकलाख, मोबाइल र पासपोर्टलगायत सामान भेटिएको थियो । ट्याक्सी चालक रामेछापका २८ वर्षीय हरी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

पर्यटक प्रहरीले यसअघि पनि विदेशी नागरिकका हराएका विभिन्न सामान तथा नगद फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै आइरहेको पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ५ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै