स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ « Khabarhub

स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई चन्दा दिनेमाथि पनि कारबाही हुने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन कर्णालीको राजधानी वीरेन्द्रनगर पुगेका गृहमन्त्री बादलले विप्लवलाई चन्दा दिनेलाई पनि कारबाही हुने चेतावनी दिएका हुन् ।

सुरक्षा गोष्ठीपछि आयोजित पार्टी कार्यकर्ता भेलामा गृहमन्त्री थापाले भने, ‘अहिले स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो बजेटबाट उक्त समूह (विप्लव)लाई चन्दा दिने भन्ने सूचना हामीले पाएका छौं । डर र धम्कीका कारण चन्दा दिइने भन्ने कुरा आएको छ । चन्दा लिनेलाई त हामीले कारबाही गरि नै रहेका छौं । अब चन्दा दिनेलाई पनि कारबाही हुन्छ ।’

गृहमन्त्री थापाले कुनै पनि व्यक्ति तथा समूहले चन्दा मागे त्यसको जानकारी प्रहरी र स्थानीय प्रशासनलाई गराउनुपर्ने पनि बताए ।

विप्लव नेतृत्वको नेकपाले गठन गरेको भनिएको समानान्तर सरकारलाई स्थानीय तहबाटै चन्दा जाने गरेको सूचना आफूकहाँ आएको गृहमन्त्रीको भनाइ थियो । ‘स्थानीय तहमा आएको बजेट योजना छुट्याउँदा उनीहरुलाई पनि दिने गरेको भन्ने सूचना हामीले पाएका छौं,’ गृहमन्त्री थापाले भने, ‘समानान्तर सरकार भनिएको छ, राज्यले कुनैपनि समानान्तर सरकारलाई मान्यता दिँदैन । उनीहरुलाई कानूनअनुसार कारबाही हुन्छ ।’

स्थानीय जनप्रतिनिधिले डर र धम्की तथा अन्य कारणले पनि चन्दा दिइरहेको भन्ने जानकारी पाएको बताउँदै गृहमन्त्री थापाले भने, ‘चन्दा माग्नेलाई त कारबाही गर्ने कुरा छँदै छ, अब दिनेलाई पनि कारबाही गरिन्छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : १० बजे

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ