ए डिभिजन लिग : आज सशस्त्र र हिमालयन शेर्पा भिड्दै « Khabarhub

ए डिभिजन लिग : आज सशस्त्र र हिमालयन शेर्पा भिड्दै


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी ए डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरीबल एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

लिग तालिकामा हिमायन शेर्पाले पहिलो खेलबाट १ अंक जोडेको छ । एपीएफ भने अंक बिहीन छ ।

शेर्पाले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोक्दै लिगमा सुरुवात गरेको थियो । स्टार र अनुभवी खेलाडी बिनानै बलियो पुलिसलाई रोक्दै शेर्पा क्लबले लिगमा महत्वपुर्ण एक अंक जोडेको थियो ।

पहिलो चरणमा शेर्पा क्लबले पुलिससँग गोलरहित बराबरी खेलेको थियो । एपीएफ भने पहिलो खेलमै तीन अंक गुमाउन पुग्यो । एपीएफ गत सिजनको च्याम्पियन मनाङसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ४० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर