भूकम्पले ढालेका १४ हजार घरको पुनर्निर्माण | Khabarhub Khabarhub

भूकम्पले ढालेका १४ हजार घरको पुनर्निर्माण


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा २०७२ सालको भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३१९ घरमध्ये आधाभन्दा पनि कम १४ हजार १३५ वटा घरमात्र निर्माण सम्पन्न भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आज हेटौँडामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

ेजिल्लामा पहिचान भएका कूल लाभग्राही ३४ हजार ३१९ मध्ये २९ हजार ५०५ जनाले मात्र पुनःनिर्माणका लागि सम्झौता गरेर प्रथम किस्ता लगेका थिए । त्यस्तै प्रथम किस्ता लिनेमध्ये २३ हजार ४३१ ले दोस्रो किस्ता र १८ जहार ४०३ जनाले तेस्रो किस्ता लगेका थिए । तेस्रो किस्ता लगेर निर्माणसमेत सम्पन्न गर्नेको सङ्ख्या १४ हजार १३५ रहेको आयोजना प्रमुख विमलकिशोर केपीले जानकारी दिए ।

प्रमुख केपीका अनुसार प्रबलीकरणमा भने मकवानपुरको प्रगति शून्य प्रायः छ । जिल्लामा आंशिक क्षति भएर प्रबलीकरण गर्नुपर्ने घरहरुमध्ये ०.०४ प्रतिशतमात्रै घर प्रबलीकरण भएका छन् ।

मकवानपुरमा प्रबलीकरणका लागि छनौट भएका लाभग्राही १२ हजार ९४६ मध्ये सात हजार ९७० ले मात्र प्रबलीकरणका लागि सम्झौता गरेको र प्रथम किस्ता लिएकामा जम्मा तीन जनाले मात्र प्रबलीकरण गरी दोस्रो तथा अन्तिम किस्ता बुझेको आयोजना प्रमुख केपीले जानकारी दिए ।

प्रमुख केपीका अनुसार मकवानपुरमा दुई हजार ७१९ वटा घर भने मापदण्ड विपरीत बनेका छन् । त्यस्तै जिल्लामा भूकम्पमा परी पूर्ण क्षति भएको तर ऐलानीमात्र जग्गा भएका भूमिहीन लाभग्राही सङ्ख्या तीन हजार ६७२ पहिचान भएको, तीमध्ये २९ जनाले अन्यत्र जग्गा किनेर पुनःनिर्माण प्रक्रिया प्रारम्भ गरेको र बाँकीले आफ्नै ऐलानी जग्गामा पुनःनिर्माण प्रक्रिया शुरु गरेको आयोजना प्रमुख केपीले जानकारी दिनुभयो । त्यस्तै जिल्लाका २८ जना लाभग्राहीले आफूले लिइसकेको किस्तासमेत फिर्ता गरेका छन् ।

मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा भने उल्लेख्य प्रगति भएको जनाइएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकका अनुसार जिल्लामा रहेका ५१६ वटा विद्यालयमध्ये भूकम्पका कारण ४०९ वटा विद्यालयका दुई हजार ३१० वटा कक्षाकोठा पूर्ण क्षति भएका थिए ।

त्यस्तै एक हजार ४५४ वटा कक्षाकोठाहरु आंशिकरूपमा क्षति भएका थिए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ३ : ३७ बजे

हङकङका नेपाली स्रष्टालाई नेप्लिज एशोसियशनकाे सम्मान

हङकङ – हङकङलाई कर्मथलो बनाएर नेपाली साहित्य अनवरत सिर्जना गर्नेहरूका

सगरमाथा शिखरमा फहराइयो अनेरास्ववियुको झण्डा

काठमाडौं– नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)

जापानी कम्पनी होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

टोकियो– जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय

सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रूपमा उद्घाटन भएको

जुनियर पनि रोनाल्डोकै बाटोमा : पहिलो प्रतियोगितामै छाडे प्रभाव, देशका लागि जिते उपाधि

लिस्बन, पोर्चुगल– विश्व फुटबल जगतका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका जेठा