कीर्तिपुरमा खुल्यो एपीएफ स्कूलको छात्रावास « Khabarhub

कीर्तिपुरमा खुल्यो एपीएफ स्कूलको छात्रावास


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलको एपीएफ स्कूलको कीर्तिपुरस्थित नवनिर्मित छात्रावास भवनको आइतबार उद्घाटन गरिएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा अजयकुमारले सो भवनको उद्घाटन गरे । कार्यक्रममा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

सन् २००५ मा स्थापित नेपाल एपीएफ स्कूल सशस्त्र प्रहरी बलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो । एपीएफ स्कूल कीर्तिपुर नगरपालिका–७ चम्पादेवीमा अवस्थित छ ।

भारत सरकारको ४ करोड अनुदान सहयोगमा निर्मित दुईतले भवनमा छात्रावासका संरक्षकका लागि छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाइको सुविधासहित ३२ कोठा छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ४ : २८ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६