गाउँपालिका अध्यक्ष शाही अपहरणको जिम्मा विप्लव समूहले लियो (विज्ञप्तिसहित) « Khabarhub

गाउँपालिका अध्यक्ष शाही अपहरणको जिम्मा विप्लव समूहले लियो (विज्ञप्तिसहित)


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको अपहरणको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टचार गरेको, कमिशन खाएको र सीआईडी गरेका कारण उनलाई नियन्त्रणमा लिइ आवश्यक छानविनसहित सकुशल रािखएको छ ।’

साथै, शाहीद्वारा जारी विज्ञप्तिमा देशव्यापी पक्राउ गरिएका विप्लव नेकपाका कार्यकर्तालाई विना शर्त रिहाइ गर्न माग गरिएको छ ।

शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै वेला अपहरण गरिएको थियो । इलालाई भने करिब दुई घन्टा हिँडाएर छाडिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ०८ बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो