सवारी दुर्घटनाको दीगो समाधान खोज्न आग्रह « Khabarhub

सवारी दुर्घटनाको दीगो समाधान खोज्न आग्रह


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकका विभिन्न भू–भागमा विगत केही समययता भएका पटक–पटकका सडक दुर्घटनालाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टीले सवारी दुर्घटनाको दीगो समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

दुर्घटनामा ठूलो जनधनको क्षति भएकाप्रति दुख व्यक्त गर्दै वर्षेनी हुने ठूलो जनधनको क्षति न्यून गर्न नेकपा बैठकले सरकारलाई आग्रह गरेको हो ।

सडक दुर्घटनाको समस्याको दिगो समाधानका लागि आवश्यक कार्य अगाडि बढाउन, सडक पूर्वाधारमा प्रभावकारी सुधार गर्न, सवारी चालक र सवारी धनीलगायत सम्बन्धितलाई जिम्मेवार बनाउन, पुराना सवारी साधनको नियमन गर्न तथा सडक सुरक्षा र अनुशासनको कडाइका साथ पालना गर्ने विषयमा ठोस् कदम चाल्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण, शोकाकुल परिवारप्रति समवेदना एवं राहत प्रदान गर्न र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले घाइतेको उपचारको प्रबन्ध गर्न र दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा जीवनयापनको व्यवस्था गर्न पनि माग गरेको छ ।

यसैगरी, तराईका विभिन्न जिल्लामा शुरु भएको शीतलहरले विपन्न वर्गका नागरिकलाई ठूलो समस्या एवं मर्कामा पारेको कुरालाई ध्यानमा राखेर विपन्नलाई न्यानो लुगा र दाउरा वितरण गर्न, घरबारबिहीनलाई जनता आवास कार्यक्रम अन्तर्गत आवास उपलब्ध गराउन तथा समस्याको दीर्घकालीन समाधान खोज्न बैठकले माग गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ०० बजे

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई