कोहली चम्किएपछि क्रिकेट सिरिज भारतको पोल्टामा « Khabarhub

कोहली चम्किएपछि क्रिकेट सिरिज भारतको पोल्टामा


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ ।

आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

वेष्ट इण्डिजले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान विराट कोहलीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तो लोकेश राहुलले ७७ तथा रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।

रविन्द्र जडेजा ३९ रनमा अविजित रहे । वेष्ट इण्डिजका लागि केमो पाउलले ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

वेष्ट इण्डिजका लागि निकोलस पुरनले ८९ रनको योगदान दिएका थिए । कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए । यस्तै साई होपले ४२ र रोस्टन चेसले ३८ तथा शिम्रन हिटमायरले ३७ रन बनाए । भारतका नाभदिप सैनीले २ विकेट लिए ।

पहिलो एकदिवसीय वेष्ट इण्डिजले ८ विकेटले जितेको थियो । तर, दोस्रो खेल भने भारतले १०७ रनले जितेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ३१ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार