पेस्तोलसहित विप्लवका ६ नेता पक्राउ « Khabarhub

पेस्तोलसहित विप्लवका ६ नेता पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द समूहको प्रतिबन्धित नेकपाका ६ जना नेता पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई आइतवार  काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

प्रहरीको विशेष ब्यूरोले आइतबार पेस्तोल, त्यसमा लाग्ने म्यागजिन, डेटोनेटर र बम बनाउन प्रयोग हुने तारसहित नेकपा निकट युवा संगठनका ६ जना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा युवा संगठनका केन्द्रिय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रिय सदस्य तथा उदयपुरका सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।

ब्यूरोले हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सञ्जीव लामा गत वर्ष वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने व्यक्ति रहेको पनि खुलेको छ।

२०७५ चैत २४ गते गुरुङको बसुन्धरा/सामाखुसीस्थित घरमा सिलिण्डर बम विस्फोट हुँदा घर र गाडीमा क्षति पुगेको थियो।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : १९ बजे

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ