कुन आसनमा सुत्ने मानिसको स्वभाव कस्तो ? | Khabarhub Khabarhub

कुन आसनमा सुत्ने मानिसको स्वभाव कस्तो ?


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सामान्यतया तपाई कसरी सुत्नुहुन्छ ? अर्थात तपाईको सुताईको शैली कस्तो छ ? यसले तपाईको व्यक्तित्वलाई संकेत गर्दछ ।

कुनै पनि मानिसको व्यक्तित्वबारे उसको सुताईको शैली हेरेर पनि जान्न सकिन्छ । मुख्यतः मानिसको सुताईका ६ वटा आशन रहने गर्छन् । ६ मुख्य आसनमा फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस हुन् ।

जागेको मानिसको शारीरीक हाउभाउले व्यक्तित्वको बारेमा धेरै कुरा बताए पनि चेतना र व्यक्तिगत सजगताको कारणले सूक्ष्म व्यक्तित्वको सबै पक्ष नखुल्न सक्छ ।

त्यसैले सुप्त अवस्थामा व्यक्तिको व्यक्तिगत सजगता नहुने भएकाले सुताईको आसनबाटै उसको सही व्यक्तित्वका बारेमा जानकारी पाउन सकिन्छ ।

जान्नुहोस् सुताईको आसन अनुसार मानिसको स्वभाव कस्तो हुन्छ –

१. फिटस:  यो गर्भावस्था शिशुको जस्तो दायँँबायाँ कोल्टे परी टाउको, हात र खुट्टा खुम्च्याएर सुत्ने आसनलाई फिटस भनिन्छ ।  यो आसनमा सुत्नेहरु बाहिर निकै कठोर तर आन्तरिक रुपमा अत्यन्त कोमल मनका हुने गर्दछन् ।

यी व्यक्तिहरु अरुसंगको पहिलो भेटमा धेरै नखुल्ने, कम बोल्ने र लज्जालु स्वभावका हुने गर्दछन् । तर सम्बन्ध प्रगाढ भएपछि भने अत्यन्तै आत्मियताका साथ घुलमिल हुने गर्दछन् । सुताईको यो आसन सबैभन्दा सामान्य हो । यस्तो आसनमा सुत्नेहरुलाई आमासय, कलेजो र फोक्सो लगायतको समस्या हुनसक्छ ।

२. लग : दायाँ अथवा बायाँ तर्फ कोल्टे परेर हातलाई टाउको तर्फ ल्याएर खुट्टा नखुम्च्याई सुत्ने आसनलाई लग आसन भनिन्छ । यो आसनमा सुत्नेहरु सामान्य, सिधासाधा, सामाजिक र शान्त प्रकृतिका हुन्छन् ।

यी व्यक्तिहरु नचिनेका व्यक्तिलाई पनि छिटो विश्वास गर्दछन् । त्यसैले यस्तो आसनमा सुत्नेहरुलाई जोकोहिले मुर्ख बनाउने गर्दछ । लग आसनमा सुत्नेहरु ढाड नमोडी सुत्नुपर्ने भएकाले कम्मर तथा ढाडको समस्या कम पाइन्छ ।

३. यार्नर: एउटा खुट्टा नखुम्च्याई एउटालाई मात्र मोडेर शरीर कोल्टे पारेर, हातलाई सिरानी तर्फ ल्याई सुत्ने आसनलाई यार्नर आसन भनिन्छ ।

यो आसनमा सुत्ने व्यक्तिहरु खुला मिजासका हुन्छन् । तर उनीहरु शंका गर्ने बानी र मुडि स्वभाव हुने गर्दछन् । यस्तो आसनमा सुत्नेहरु निर्णय लिन लामो समय लिने तर एकपटक लिइसकेको निर्णय नबदल्ने हुन्छन् । परिस्थितिलाई बुझ्न सक्ने र अवस्था अनुसार नयाँ कुरा तुरुन्त सिक्न सक्ने हुन्छन् । यो आसनमा सुत्नेहरु एसिडिटी र निन्द्रामा निसास्सिने समस्या हुन्छ ।

४. सोल्जर: हात शरीरसंगै राखी, सिधा उभिए झै उत्तानो परेर सुत्ने आसनलाई सोल्जर आसन भनिन्छ । यस आसनमा सुत्नेहरु शान्त प्रकृतिका, एक्लै रहन चाहने, कसैसंग हत्तपत्त नखुल्ने, सानातिना समस्यालाई नटेर्ने र अरुको भलाइको उच्च चाहना राख्ने स्वभावका हुने गर्दछन् ।

तर यस्तो आसनमा सुत्नेहरु घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निन्द्रामा पर्न नसक्ने लगायतका समस्याबाट ग्रसित हुन्छन् ।

५. फ्रिफल: घोप्टो परेर पेटको बलमा सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास टाउको दायाँबायाँ राखेर सुत्ने आसनलाई फ्रिफल आसन भनिन्छ । यो आसनमा सुत्नेहरु मिलनसार, बहुप्रतिभाका धनि तथा भावुक स्वभावका हुने गर्दछन् ।

यसरी सुत्ने व्यक्तिहरु कठिन परिस्थितिमा आत्तिने, आफ्नो आलोचना नसहने, भित्रभित्रै कमजोर हुने तथा अरुको कुरामा चासो नदिने हुन्छन् । यिनीहरुमा उच्च यौनइच्छा र चञ्चलता रहने गर्दछ ।

यस आसनमा सुत्नेहरुलाई सास फेर्न ग्राहो हुने तथा घाँटीको समस्या हुनसक्ने हुन्छ । तरपनि यो आसनको सुताईलाई सामान्य मानिन्छ ।

६. कर्भ:  ढाड र पेटको भाग अर्थात एकातर्फको हात थिचिने गरी सिरानिलाई तलमाथि पारेर दायाँ वा बाँयातर्फ फर्केर सुत्ने आसनलाई स्टारफिस अर्थात कर्भ आसन भनिन्छ ।

यस आसनमा सुत्नेहरु स्टारफिस माछाको आकृति झै सुत्ने गर्दछन् । यो आसनमा सुत्नेहरु प्रायः सबैको कुरा सुन्ने स्वभावका हुने गर्दछन् । यिनीहरु अरुका अगाडि आफ्नो प्रभाव छाड्न नरुचाउने हुन्छन् ।

उनीहरु आफ्ना परिवार र पार्टनरप्रति बफादार हुन्छन् । यस आसनमा सुत्नेहरुमा घुर्ने, खराब सपना देख्ने तथा ऐठनकव् समस्या हुने गर्छ । तर, यस आसनमा सुत्नेमा कुनै भित्रि रोग भने देखा पर्दैन ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : ३६ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको