जापानी नागरिक काने तनाका भइन् संसारकी सबैभन्दा जेष्ठ नागरिक « Khabarhub

जापानी नागरिक काने तनाका भइन् संसारकी सबैभन्दा जेष्ठ नागरिक


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोक्यो– जापानी नागरिक काने तनाकाका संसारकी सबैभन्दा जेष्ठ नागरिक बनेकी छिन् । १सय १६ वर्षकी टानाका संसारको सबैभन्दा जेष्ठ नागरिक भएको गिनिज वर्ल्ड रेकर्डले बताएको छ ।

अहिलेपनि हिसाब गर्ने र बोर्ड गेम खेल्ने तनाका सन् १९०३ जनवरी २ मा जन्मेकी हुन् । उनले सन् १९२२ मा विवाह गरेकी थिइन् भने उनीबाट ४ सन्तान जन्मेका थिए । उनले  एक जनालाई धर्म सन्तानको रुपमा समेत पालेकी थिइन् ।

उनी अहिले पनि विहान ६ बजे उठ्ने गर्दछिन् । त्यस्तै उनी गणित पढेर र क्यालीग्राफ्री (अक्षर राम्रो लेख्ने तरिका) अभ्यास गरेर दिन बिताउने गर्दछिन् ।

उनलाई मनपर्ने खेलकुद ओथेलो हो । उनी क्यासिक बोर्ड गेममा निपूर्ण छिन् र घरका सबै सदस्यले उनलाई अहिलेसम्म हराउन नसकेको गिनिज बुकले लेखेको छ ।

जापान सबैभन्दा बढी औसत आयु भएको देश हो । जहाँ चियाे मियाकोजस्ता सबैभन्दा धेरै बाच्ने मानिसहरु रेकर्डमा समावेश भएका छन् । मियाकोको सन् सन् २०१७ जुलाईमा ११७ वर्षको उमेरमा मृत्यु भएको थियो ।

गिनिज बुकमा अहिलेसम्म सबैभन्दा धेरै बाच्ने पुरुष फ्रान्सका जेन लुइस क्यालिम हुन् । उनको १२२ वर्षको उमेरमा सन् १९९७ मा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ८ : ५९ बजे

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

काठमाडौं– निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको

नाटोको भूमिकाप्रति निराश रहेको ट्रम्पको टिप्पणी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य तनावका क्रममा नाटो

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट