डेटिङ जाँदाको बील कसले तिर्ने ? « Khabarhub

डेटिङ जाँदाको बील कसले तिर्ने ?


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल प्रेममा पर्ने अधिकाशं जोडीले भेटघाट गर्नुलाई डेटिङ भन्दछन् । डेटिङमा जादाँ गरिएको खानपान तथा खर्चको बील प्रायः प्रेमी अर्थात पुरुषले नै तिर्ने गरेका छन् ।

यसो गर्नुको पछाडि रोजगारमा बढि पुरुष भएकोले वा प्रेमिकासँग पैसा छैन भन्ने कारणले पनि हुने गर्दछ ।

कतिपय अवस्थामा भने डेटिङको बील पुरुषले नै तिर्नुपर्ने मान्यता रहदै आएको छ । तर डेटमा बील कसले तिर्नुपर्छ त ?

कसले तिर्नुपर्छ बिल ?

महिला र पुरुष बराबर छन् भन्ने सोचको विकास भइरहेको बेला डेटिङमा जादाँ सकेसम्म दुबैजनाले बील तिर्नु उपयुक्त हुन्छ । तर यसको मतलब हरेक खर्चको आधाआधा भन्दा पनि कुनै एक शीर्षकको बील प्रेमीले तिर्ने र अर्को शीर्षकको बिल प्रेमिकाले तिर्नु राम्रो मानिन्छ ।

यसले डेटमा जादाँ कोहि एकजनालाई मात्र खर्च गराउने स्थितिबाट बचाउँछ । साथै पैसा तिरेकै भरमा कुनै स्वार्थपूर्ति गर्नबाट समेत बचाउने गर्दछ । तर यसो भन्दैमा जागिर नभएको वा रकम नभएको अवस्थामा पनि बील तिर्नुपर्छ भन्ने चाहि होइन । यस्तो अवस्थामा जोसंग पैसा छ उसैले बील तिर्दा हुन्छ ।

प्रेमिकाले ध्यान दिनुपर्ने कुरा
कतिपय प्रेमिकाहरु डेटमा गएको बेला प्रेमीलाई खर्च गराउन लगाउछन् । सपिङ गर्ने भन्दै आफ्नो सौख अनुसारको सामाग्रि किन्न लगाउछन् । तर यसो गर्दा पुरुषलाई आर्थिक भार पर्ने त छदैंछ साथै उसले आफ्नी प्रेमिका प्रतिको भावना पनि नकारात्मक बनिदिन्छ ।

साथै उनीहरु खर्च गरेपछि त्यसबाटै आफ्नो स्वार्थ पुरा गर्न प्रेमिकालाई दबाब समेत दिन सक्छन् । तसर्थ डेटमा रहेको बेला प्रेमीको चाहाना बाहिर गएर कुनै वस्तु खरिदका लागी दबाब दिनु राम्रो होइन ।

महिलाले आफ्नो रुप–रंग तथा पहिरनको जोहो आफै गर्नु उत्तम हुन्छ । उत्कृष्ट सम्बन्धका लागि प्रेमी प्रेमिकाको आत्मियता र भावना मिल्नु महत्वपुर्ण हो ।

त्यसैले डेटमा जादाँ आएको बील हेर्ने बानि प्रेमिकाले बसाउनु पर्छ । साथै आफ्नो क्षमता अनुसार खर्चमा योगदान गर्नुपर्छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १ : २० बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर