संघीय निजामती सेवा विधेयकमा सहमतिको प्रयास जारी « Khabarhub

संघीय निजामती सेवा विधेयकमा सहमतिको प्रयास जारी


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजामती कर्मचारीलाई पुल दरबन्दी वा अन्य कुनै पनि किसिमले अन्य कुनै पदमा खटाइएको वा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानी त्यसमा पदपूर्ति गर्न नपाइने भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा आज उक्त सहमति जुटाएको हो ।

समितिका अनुसार स्थायी पदमा बहाल रहेको कर्मचारीलाई पुल दरबन्दी वा अन्य कुनै पनि किसिमले कुनै स्थानमा पदाधिकार राखी कुनै निकायमा खटाइएको वा कूटनीतिक नियोग वा अन्य कुनै पदमा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानी कुनै पनि व्यहोराले पदपूर्ति गर्न पाइने छैन ।

समिति सभापति शशी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा सांसदहरुले निजामती सेवामा विशिष्टिकृत विज्ञताका लागि क्लष्टर यथावत राख्नुपर्नेमा जोड दिइन् ।

बैठकमा अधिकांश सांसदहरुले कल्याणकारी राज्यको अवधारणाअनुसार निजामती सेवाका कार्यालय सहयोगी, चालकलगायतका श्रेणीविहीन पदमा पनि स्थायी नियुक्ती गर्नुपर्ने सुझाव दिएका थिए ।

केही सांसदहरुले भने तल्लो तहमा करारमा सेवा लिने भए माथिल्ला अधिकृत तहमा पनि केही प्रतिशत करार कर्मचारी राख्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ६ : ५९ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि