संघीय निजामती सेवा विधेयकमा सहमतिको प्रयास जारी | Khabarhub Khabarhub

संघीय निजामती सेवा विधेयकमा सहमतिको प्रयास जारी


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजामती कर्मचारीलाई पुल दरबन्दी वा अन्य कुनै पनि किसिमले अन्य कुनै पदमा खटाइएको वा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानी त्यसमा पदपूर्ति गर्न नपाइने भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा आज उक्त सहमति जुटाएको हो ।

समितिका अनुसार स्थायी पदमा बहाल रहेको कर्मचारीलाई पुल दरबन्दी वा अन्य कुनै पनि किसिमले कुनै स्थानमा पदाधिकार राखी कुनै निकायमा खटाइएको वा कूटनीतिक नियोग वा अन्य कुनै पदमा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानी कुनै पनि व्यहोराले पदपूर्ति गर्न पाइने छैन ।

समिति सभापति शशी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा सांसदहरुले निजामती सेवामा विशिष्टिकृत विज्ञताका लागि क्लष्टर यथावत राख्नुपर्नेमा जोड दिइन् ।

बैठकमा अधिकांश सांसदहरुले कल्याणकारी राज्यको अवधारणाअनुसार निजामती सेवाका कार्यालय सहयोगी, चालकलगायतका श्रेणीविहीन पदमा पनि स्थायी नियुक्ती गर्नुपर्ने सुझाव दिएका थिए ।

केही सांसदहरुले भने तल्लो तहमा करारमा सेवा लिने भए माथिल्ला अधिकृत तहमा पनि केही प्रतिशत करार कर्मचारी राख्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ६ : ५९ बजे

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने 

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि

एमाले पदाधिकारी १५ सदस्यीय हुने : उमेरहद र दुई कार्यकाल हटाउने

काठमाडौं – नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको