प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा « Khabarhub

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्ने देउवा प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पनि सँगै थिए ।

सत्तारुढ दलका दुई अध्यक्षसहित प्रतिपक्षी दलका नेताले समसामयिक राजनीतिक घटनाका बारेमा छलफल गरेका थिए ।

यो भेट नियमित भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीचको भेटमा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको बताए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै