ए डिभिजन लिग फुटबलः मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र न्यूरोड भिड्दै  « Khabarhub

ए डिभिजन लिग फुटबलः मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र न्यूरोड भिड्दै 


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् । लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर मछिन्द्रलाई छ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा च्यासल र एनआरटीबीच दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो खेलमा संकटालाई २–० ले हराएको च्यासलले दोस्रो खेलमा मछिन्द्रसंग अन्तिम समयमा अंक बाँडेको थियो ।

पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै लिगमा प्रभावशाली सुरुवात गरेको न्युरोड टिमले दोस्रो खेलमा संकटासंग १–० को हार ब्यहोरेको थियो ।

दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : २० बजे

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना