ए डिभिजन लिग फुटबलः मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र न्यूरोड भिड्दै  « Khabarhub

ए डिभिजन लिग फुटबलः मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र न्यूरोड भिड्दै 


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् । लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर मछिन्द्रलाई छ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा च्यासल र एनआरटीबीच दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो खेलमा संकटालाई २–० ले हराएको च्यासलले दोस्रो खेलमा मछिन्द्रसंग अन्तिम समयमा अंक बाँडेको थियो ।

पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै लिगमा प्रभावशाली सुरुवात गरेको न्युरोड टिमले दोस्रो खेलमा संकटासंग १–० को हार ब्यहोरेको थियो ।

दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : २० बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ